Thursday, April 25, 2024

रौतहट काठमाण्डौ सम्पर्क मञ्चको संयोजकमा तुमसिंह र सहसंयोजकमा कार्की

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहट काठमाण्डौ सम्पर्क मञ्चले बनभोज शनिबार काठमाण्डौको बालाजु बाइसधारा पार्कमा सम्पन्न भएको छ ।
एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय समितिका ईन्चार्ज पूर्व मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा भएको बनभोज तथा जिल्ला भेलाले नविन तुमसिंङ संयोजक र खेम कार्की सहसंयोजक रहेको ३१ सदस्यीय आयोजक कमिटी समेत गठन गरेको छ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज उद्यव रेग्मी, सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, संघिय सांसदहरू किरण साह र बिना कुमारी साह, नेकपा एमालेकी मधेश प्रदेश उपसचिब आरती भण्डारी, भौतिक पूर्वाधार बिभागका केन्द्रीय सदस्य सहदेव खडका लगायतका पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरूको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरुले वनभोज मा रमाईलो र भेटघाट माध्यमबाट सम्पर्क मञ्च तथा जिल्ला बिचमा समन्वय गर्ने वातावरण बनेको बताएका छन । पिकनिक कार्यक्रमका संयोजक खेम कार्कीले कार्यक्रम सफल पार्न सहयोग गर्ने र सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रमले आपसि सम्बन्ध बिस्तार गर्न र संगठन मजबुत बनाउन सहयोग गर्ने बिस्वास ब्यक्त गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles