नेबि संघ जन ज्योति इकाइको सभापतिमा अधिकारी

0
450

चन्द्रपुर – नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थीको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको इकाई सभापतिमा भिमराज अधिकारी (शुसिल) चयन भएका छन् ।
बुधबार नेविसंघ रौतहट जिल्लाको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्विरोध चयन भएका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्य तथा मधेस प्रदेश सदस्य सूर्य थापा, नगर सभापति मुकेश गिरी, महासमिति सदस्यहरु नवराज देवकोटा, देवराज कार्की, माहाधिवेशन प्रतिनिधि सुवास कोइराला, वडा अध्यक्ष ५ निलहरी कोइराला, जिल्ला सदस्य श्यामहरि चौलागाईं, पूर्वइकाई अध्यक्ष सुमन गौतम,क्यामपसका स्ववियु सभापति संगम श्रेष्ठलगायत विद्यार्थीको उपस्थिती रहेको थियो । कार्यक्रम नेबि संघका रौतहट जिल्ला सभापति अधिकार लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here