Thursday, April 25, 2024

नेपाली चलचित्र ’प्रेम बुक’ को अफिसियल ट्रेलर सार्वजनिक

ताजा / भरखरै प्राप्त

रौतहट,१६ फागुण
नेपाली चलचित्र ’प्रेम बुक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । गत शनिबार चन्द्रनिगाहपुर स्थित एक होटलमा औपचारिक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको १ मिनेट ३३ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो ।
यो चलचित्र रिलिजको तयारी रहेको र प्रदर्शन मिति तय नभएको हुँदा प्रदर्शन मितिको तयारीमा रहेको बताइएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ । भरत रौनियारको निर्माण तथा ज्ञान कुमार कट्टेलको निर्देशन रहेको चलचित्र युवा पुस्ता लक्षित प्रेम कथाको जनरामा बनेको हो । चलचित्रमा यसै चलचित्रबाट डेब्यु गरेका भरत रौनियार, दीपिका थापा, मनिषा सापकोटा, रेशम जीएस, सब्नम चौधरी, लक्ष्मण बस्नेत,मनिषा खाती लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै अजय चौधरी, दीपक अधिकारी, दीपा निरौला, गगन बहादुर,कमला ठकुरी लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद भरत रौनियार ले नै लेखेका छन् । ‘प्रेम बुक सन् २०१८ देखि नै निर्माणको सुरुवात भएको र प्रदर्शनको लागि तोकेको थियो । तर, कोरोना महामारीका कारण यो चलचित्र समयमा नै प्रदर्शन हुन सकेको थिएन । मिक्स दिया एण्ड शुभ फिल्मस् को ब्यानरमा बनेको “प्रेम बुक” प्रेमकथा, द्वन्द, संगीत र कमेडीले समेत भरिपुर्ण रहेको निर्माण पक्षको दाबी छ । रौतहट जिल्लाको विभिन्न भु भागमा छायांकन गरी प्रायः स्थानीय कलाकार एबम् नव कलाकारहरुको भरपूर अभिनय रहेको सो चलचित्रले पनि दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles