स्वबियु निर्वाचनको लागी जन ज्योति बहुमुखी क्यापसमा ७ वटा संगठन दर्ता (नाम सहित)

0
820

चन्द्रपुर÷ आउदो चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्रबार जनज्योति बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संगठन दर्ता कार्यक्रम सकिएको छ । निर्वाचन अधिकृत बिनोद तिमल्सिनाका अनुसार क्याम्पसमा निर्वाचन प्रयोजनका लागि ७ वटा विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा संगठन दर्ता गराएका छन् ।
बिद्यार्थी संगठन दर्ता गर्नेहरुमा नेकपा एमालेको भातृ संगठन अनेरास्वबियु,नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ,नेकपा एसको भातृ संगठन अनेरास्वबियु,नेकपा माओबादी भातृ संगठन अनेरास्वबियु क्रान्तिकारी,जसपाको भातृ संगठन समाजबादी बिद्यार्थी युनियन,जनमत पार्टीको भातृ संगठन बिद्यार्थी जनमत संघ र बैज्ञानिक समाजबादी पार्टीको बिद्यार्थी भातृ संगठन बैज्ञानिक समाजबादी बिद्यार्थी संगठन रहेको निर्वाचन अधिकृत तिमलसिनाले जानकारी दिएका छन ।
निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी संगठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने र स्ववियु आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने तालिका रहेको तिमल्सिनाले बताए । चैत्र ५ गते जनज्योतिसँगै देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
यता स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कार्यालय अनाधिकृत रुपमा प्रयोग गरिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) ले आपत्ती जनाएको छ । जनज्योति बहुमुखी क्यापसमा रहेको स्ववियु कार्यालय कार्य अवधि सकिसकेको कमिटीले आफु अनुकुल अनाधिकृत रुपमा प्रयोग गरिरहेको भन्दै अनेरास्ववियुले निर्वाचन कमिटीको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियु जनज्योति क्याम्पस इकाइ प्रमुख सफल उप्रेतीको नेतृत्वमा गएको विद्यार्थीको टोलीले निर्वाचन अधिकृत विनोद तिमल्सिनालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
यसैगरी स्वबियु सभापति संगम श्रेष्ठले यो कार्यालय सबै बिद्यार्थी संगठनको भएको बताएका छन । पाहुनाहरु आउदा सबै बिद्यार्थी संगठनका साथीहरुले प्रयोग गर्न सक्ने सभापति श्रेष्ठको भनाइ रहेको छ । यसलाइ नकरात्मक रुपमा नलिइदिन उनले आग्रह गरे । यसलाइ सहज रुपमा बुझिदिन समेत उनले आग्रह गरेका छन । अनेरास्वबियुको ध्यानाकर्षण पत्र बुझ्दै निर्वाचन अधिकृत बिनोद तिमल्सिनाले आफुहरुले अनेरास्वियुको ध्यानाकर्षणलाई गम्भिर रुपमा लिएको भन्दै यस विषयमा सरोकारवालासँग बुझेर निर्णय लिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here