Saturday, June 22, 2024

रिटर्नी फेडेरेसनको रौतहटमा एकैदिन बिभिन्न पालिकामा समिति गठन (नाम सहित)

ताजा / भरखरै प्राप्त

रौंतहट – नेकपा एमालेको भातृ संगठन रिटर्नी फेडेरेशन नेपालले रौतहट जिल्लामा एकैदिन बिभिन्न पालिकामा तर्दथ समिति गठन गरेको छ । शनिबार रौतहटको चन्द्रपुर, फतुवा विजयपुर र गुजराको नगरपालिकामा नगर स्तरीय कमिटी गठन भएको हो । नेकपा एमालेको कान्छो जनसंगठन फेडेरेशनले शनिबर देशैभरि एकै साथ घोषित पालिका अधिवेशन अनुसार यो कमिटीहरु गठन भएको फेडेरेशनका स्थायी कमिटि सदस्य तथा रौतहट इन्चार्ज खेम कार्कीेले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिकामा टिका भुजेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ । कमिटीका उपाध्यक्ष जित ब।बम्जन, सचिव तेज बहादुर भोलन, सह सचिव राजु पराजुली , कोषाध्यक्ष जंग बहादुर राना लगायत रहेकोे केन्द्रिय सदस्य कार्कीले जानकारी दिए ।
चन्द्रपुर स्थित पार्टी कार्यलयको भएको कार्यक्रममा चन्द्रपुर वडा नं।४ का वडाध्यक्ष रवि राना मगर लगायत विभिन्न नेता कार्यकर्ताको समेत उपस्थिती रहेको थियो ।
यसैगरि गुजरा नगरिपालिकामा निरञ्जन पुरीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ । समितिका उपाध्यक्ष नवराज रेग्मी, सचिव दयानन्द चौधरी, सह सचिव रामानन्द जैयसवाल , कोषाध्यक्ष सिवराम पराजुली लगायत रहेका छन । फेडेरेशनको स्थायी कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज खेम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले नगर कमिटीसदस्य तथा युवा संघका केन्द्रीय सदस्य तुला बहादुर प्रधान (ईश्वर ),प्रेस चौंतारी नेपालका केन्द्रीय सदस्य रमेश तिमिल्सिना लगायतको आथित्यमा कार्यक्रम भएको कार्कीले जानकारी दिए ।
उता फतुवा विजयपुर नगरपालिकामा ब्रम्ह देव महत्तोको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन भएको फेडेरेशनका मधेश प्रदेश उपाध्यक्ष भुवानी प्रसाद तिमिल्सीनाले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles