Thursday, April 25, 2024

एक महिने हाते कडाई तथा सितारा भर्ने तालिम सम्पन्न

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुरमा १ महिने हाते कडाई तथा सितारा भर्ने तालिम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ को आर्थिक सहयोगमा सो तालिम सम्पन्न भएको हो ।
तलिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले यस्ता किसिमको तालिमले स्वरोजगार बनाउन ठुलो भुमिका रहने बताएकी छिन ।
कार्यक्रमका अतिथि तथा चन्द्रपुर नगरपालिका वाड नं. ४ का अध्यक्ष रबि रानाले यस्ता प्रकारको तालिमले बेरोजगार युवायुबतीहरुलाइ रोजगारको अबसर सृजना गर्ने विस्वास रहेको बताएका छन ।
तालिम समापन कार्यक्रममा वार्ड सदस्यहरु श्री बिनोद कुमार दुलाल, प्रेमा तिमल्सिना , सावित्री कुश्वार र ज्ञानु माया को सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता जनकल्याण बिकाश केन्द्र ,नेपालका कार्यकारी निर्देशक नरेन्द्र बहादुर राना गरेका थिए भने कार्यक्रम सन्चालन संस्थाका सदस्य श्री चन्द्र प्रसाद पौडेलले गरेका थिए । तालिममा २५ महिलाहरु सहभागि रहेको संस्थाका अध्यक्ष रानाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles