चन्द्रपुर- नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रौतहटको चौथौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अधिबेसनले विरध्वज वाईबा ९हिमाल० अध्यक्षतामा नया समिति चयन गरेको छ । जसमा उपाध्यक्ष बिनु लामा र सुनुमाया थोकर , सचिव भुवल बहादुर वाईबा , कोषाध्यक्ष लाली माया वाईबा , सहसचिव ज्ञान बहादुर बल लगायत रहेको नयाँ जिल्ला समन्वय समिति रौथहटका निवर्तमान अध्यक्ष बाल कुमार लामाले जानकारी दिनु भयो । बालकुमार लामाको सभाध्यक्षता तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेको प्रमुख आतिथ्यता र नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष एवम मधेस प्रदेश इन्चार्ज धर्मबहादुर दुम्जन तामाङ र गुजरा नगरपालिकाकि उपमेयर रत्न लामाको विशिस्ट आतिथ्यता सम्पन्न भएको हो । घेदुङ मधेस प्रदेश अध्यक्ष यमलाल गोले, पूर्व केन्द्रिय सदस्य खड्गबहादुर बोम्जन, समाजसेवी एवम् सल्लाहकार वीर बहादुर गोले, विद्यार्थी घेदुङका संघीय उपाध्यक्ष जेनज्या लामा, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रौतहटका अध्यक्ष नरेन्द्र बहादुर राना मगर, चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम सामाजिक विकास समितिका संयोजक बलराम राउत, मधेस प्रदेश घेदुङका पूर्व सचिव रामबहादुर घलान, सर्लाही घेदुङका अध्यक्ष बुद्ध थिङ , आदिवासी जनजाति पत्रकार महासंघ सर्लाहीका अध्यक्ष राजु लो, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष सरोज चौधरी, देवास राई समाजका अध्यक्ष निमबहादुर राई लगायतको आतिथ्यता रहेको थियो । मधेस प्रदेश विद्यार्थी घेदुङका अध्यक्ष रोहित मोक्तानले संचालन गरेको कार्यक्रमलाई राजु बल तामाङले स्वागत मन्तव्य दिनु भएको थियो । विभिन्न विधामा व्यक्तित्वहरुलाई सम्मान गरेको अधिवेशनमा, रौतहट जिल्ला स्थित विभिन्न नगरहरुबाट प्रतिनिधि, पर्यवेक्षक लगायतको उपस्थिति रहेको थियो ।