जनज्योति बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेबि संघका श्रेष्ठ बिजयी

0
477

चन्द्रपुर – रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९नेविसंघ० का प्यानलनै विजयी भएको छ ।आफु विरुद्धको नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० , नेकपा माओवादीको अनेरास्ववियु ९क्रान्तिकारी० एवम् नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनमत पार्टीको विद्यार्थी जनमत संघको गठबन्धनबाट बनेको प्रगतिशिल संयुक्त विद्यार्थी संगठनलाई भारी मतान्तरले पराजित गर्दै प्रत्यक्षतर्फ नेविसंघको प्यानलनै विजयी भएको हो ।खसेको १ हजार ३०६ मतमध्ये १ हजार ३४ मत ल्याएर दोस्रो कार्यकालको लागि सभापतिमा संगम श्रेष्ठ विजयी भएका हुन । उनका निकतम प्रतिद्धन्दी प्रगतिशिलका राधेश्याम बैठा ९आदित्य० ले १ सय ६५ मत मात्र ल्याउन सफल भए ।
सभापतिका अर्का उम्मेदवार समाजवादी विद्यार्थी युनियन नेपालका आशिष लामाले ७५ मत प्राप्त गरे । त्यसैगरी सचिवमा ९ सय ६१ मत ल्याएर मो। नौसाद आलम विजयी भएका छन् ।कोषाध्यक्षमा संगिता कुमारी चौधरी ९ सय ५२, सदस्यहरुमा विकल कार्की ९ सय ७९, कृती घिमिरे ९ सय ६४, सैलेस कुमार पासवान ९ सय ६७, समिर प्रसाद दाहाल ९ सय ६८, राकेश कुमार साह ९ सय ५९, जय प्रकाश रजक ९ सय ४४, विशाल चौधरी ९ सय ४८ मत ल्याएर विजयी भएका निर्वाचन कमिटीका संयोजक विनोद तिमल्सिनाले जानकारी दिए ।यता समानुपातिकमा पनि नेविसंघले बाजी मारेको छ । संयोजक तिमल्सिनाका अनुसार संघले ९ सय ६० मत ल्याउँदा अनेरास्ववियुले १ सय २२, समाजवादी विद्यार्थी युनियन, नेपालले ९५, अखिल क्रान्तिकारीले ७६ , अनेरास्ववियूले ३६ मत मात्र ल्याउन सफल भए ।नवनिर्वाचित सभापति श्रेष्ठले आफुहरु सदैव जनज्योतिका विद्यार्थीहरुसँग रहेका निरन्तर उनीहरुको हकहितको लागि काम गरिरहेकाले विद्यार्थीहरुले अपार माया दिएर विजयी गराएको बताए ।उनले आफुहरुलाई मत दिने नदिने सबैै विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै अब जनज्योति बहुमुखी क्याम्पसको समग्र शैक्षिक, प्राज्ञिक, प्रशासनिक विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here