गरुडा नगरपालिकाले ल्यायो ५५ करोड १६ लाख बजेट

0
366

गरुडा – रौतहट गरुडा नगरपालिकाकाको नवौं नगर सभा आईतवार सम्पन भएको छ । “ समृद्ध नगर खुसि नगरबासि “ भन्ने मुल नाराका साथ कार्यक्रमका सम्पन्न भएको हो । नगर सभाका सभाअध्यक्ष तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले गरुडा नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गर्नु भएको हो । नगरसभाले अगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि करिव ५५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नगरको समग्र विकासका लागि ५५ करोड १६ लाख ३० हजार आयव्यय सहितको बजेट प्रस्तुत गरिएको हो ।नगरप्रमुख कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेशका राज्यमन्त्री अबुलकलाम आजाद उर्फ(फुलवावु)द्वारा दिप प्रज्वलनको साथसाथै संयुक्त रुपमा रिवन काटेर नवौं नगरसभाको उद्धघाटन गर्नु भएको थियो । नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद कलवारले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ । नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here