नुनथर गाउको जमिनको नाप नंक्सा गरिदिन स्थानियको आग्रह,चरणबद्ध आन्दोलन गर्ने चेताबनी

0
506

रौतहट,१३ असार
नया नया बस्तीका जमिन धमाधम नापेर लालपुर्लाको लागी सिफारिस गरेको तर ३८ बर्ष पुरानो बस्ती भुमी आयोग रौतहटले ननापेको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ नुनथरबासी आन्दोलित भएका छन । उनीहरुले संघर्ष समिति नै बनाएर चाडो भन्दा चाडो सो बस्तीको जमिन नंसाक्नको लागी नापी गरिदिन आग्रह गरेका छन । नुनथर मधेश प्रदेश कै पर्यटकिय स्थल हो । करिव ३८ बर्ष देखि बसोबास गर्दै आएका सो बस्तिका बासिन्दाले आयोगको फाराम नियमनुसार भरेको भएपनि वडा कार्यालय सिफारिस नगरेका कारण समस्या भएको गुनासो गरेका छन् । आफुहरुले भोगचलन गरेको ऐलानी जमिनको राजश्व (तिरो) तिर्दै आएको भएको पनि हाल वडा कार्यालयले यस प्रति कुनै चासो नदिएको बस्तिका बासिन्दाको आरोप छ । पर्यटकिय क्षेत्र नुनथरमा घुम्न आउने पर्यटकका लागि खाना र खाजाका पसल संचालन गर्दै आएका उनीहरुले आफनो मागको सुनुवाई नभएकाले वाध्य भएर सर्घष समिति गठन गरेको बताएका छन् । धेरै बर्ष पुरानो बस्ति भएकाले यसलाई व्यवस्थित गर्दै आयोगले नापी नक्सा गर्नु पर्ने माग सर्घष समितिको छ ।
पटक पटक वडा कार्यालयलाई यस बिषयमा ध्यानकर्षण गर्दा समेत कुनै किसिमको सुनुवाई नभएको स्थानिय सन्तोष दाहालले बताए । उनका अनुसार आफू पनि यस क्षेत्रमा बर्षौ देखि बस्दै आएकाले व्यवस्थित गर्नु पर्ने अडानमा रहेको उल्लेख गरे । यसअघिका वडा अध्यक्षले यस बिषयमा चासो दिएको भएपनि अहिलेले कुनै सुनुवाई नगरेकोमा उनले दुखेसो गरे ।
आफुहरुको माग प्रति सम्वन्धित निकाय गम्भिर नभएका कारण आन्दोलनका कार्यक्रम गर्ने सर्घष समितिका संयोजक श्रवण लामाले बताए । बर्षौ देखिका पुस्ता यहाँ बसोबास गरेको उल्लेख गर्दै अहिले हटाउने प्रयास भएकाले त्यसमा आफुहरुको आपति रहेको उनको भनाई छ । २०६९ साल देखि यहाँको ऐलानी जमिनमा बसोबास गरेका घरधुरीले वडालाई तिरो तिर्दै आएकाले वडा कार्यालयले भुमी आयोगमा नापी नक्साका लागि सिफारिस गर्नु पर्ने उनको माग छ ।
८÷१० बर्ष बसेका बस्तीहरुमा धमाधम नाप नंसाक्न हुदा यो धेरै पुरानो बस्ती भुमी आयोगले सो क्षेत्रको जमिन नापेर सिफारिस गर्नुपर्ने स्थानिय सक्रिय युवा गौतम खडकाको भनाइ छ । करिब ४ दशक बसोबास गदै आएको सबैलाक्ष् थाहा हुदा हुदै पनि वाड कार्यालयले पनि सिफारिस नगनु दुखद भएको खडकाको धारणा छ । केही समस्ष भए समाधान गरेर सकरात्मक सोच लिएर यस क्षेत्रको जमिनको नाप नंसाक्कन गर्नु वाड कार्यालय तथा भुमी आयोगलाइ खडकाले आग्रह समेत गरेका छन ।
यता चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले सो क्षेत्र नुनथर धार्मिक तथा पर्यटकिय वन उपभोक्ता समुहको नंक्सानकमा परेको हुदा सिफारिस गर्न नसकेको बताए ।
बस्ती पुरानो हो तर सो धार्मिक वनले २०७६ सालको कार्ययोजनामा नुनथर गेट देखी जोगी खोला सम्मको करिब ३ हेक्टर जमिन वन क्षेत्रमा नंक्सान गरेको कारण समस्या भएको वाड अध्यक्ष राउत बताउछन । उनले सो क्षेत्र वनको नंक्साकनबाट हटाए सिफारिस गर्न कुनै कठिनाइ नभएको प्रतिक्रिया दिएका छन । उनले विकास समितिसंग समन्वय गर्न उनले आग्रह गरे ।
सो बस्तीमा १७ घरधुरी छन । हरेक घरधुरीले १०÷१० धुर क्षेत्रफल लिएर बसेका छन । राष्ट्रिय भुमी आयोग रौतहटले नियमनुसार परेका निवेदनका आधारमा कार्य प्रक्रिया अघि बढाउने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here