हरिवनको सामुदायिक आधारशिला साकोसले शेयर सदस्यहरुलाइ ८ प्रतिशत बोनश दिने

0
106

सर्लाही, २० कार्तिक
सर्लाहीको हरिवनमा रहेको सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि.हरिवनको १५ औं वार्षिक साधारण सभा गत सोमबार सम्पन्न भएको छ ।
उक्त साधरण सभामा संस्थाले आफना शेयर सदस्यहरुलाइ आठ प्रतिशत बोनश दिने निर्णय गरेको हो ।
४ हजार २ सय २२ जना शेयर सदस्य रहेको यस संस्थाले गत आर्थिक बर्षमा ३ करोड ८८ लाख ५४ हजार ७५ रुपैया ६२ पैसा आम्दानी गरेको संस्थाका कोषाध्यक्ष दिनेश के. सि.ले साधरण सभामा जानकारी गराउनु भएको थियो । साथै संस्थाका सम्पुर्ण पदाधीकारि हरु, सल्लाहकारहरु, कर्मचारीहरु लगायत उल्लेख्य संख्यामा शेयर सदस्यहरुको उपस्थितीमा १५औं वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका प्रवन्धक रविन्द्र बहादुर थापा मगरले बताउनु भयो ।
प्रवन्ध थापाका अनुसार विभिन्न कोषहरुमा बाँडफाँड गरी यस वर्ष शेयर पूँजीमा सदस्यज्यूहरुलाई ८ प्रतिशत का दरले शेयर बोनस वितरण गर्ने र सहकारी ऐन नियमानुसार संरक्षित पूँजी फिर्ताकोषको रकमवाट ६० प्रतिशत असल सदस्य व्यवसायीज्यूहरुलाई कर्जामा तिरेको व्याजको १.८८ प्रतिशत र बाँकी रहेको ४० प्रतिशत रकम बचतकर्ता सदस्यहरुलाइ बचतमा पाकेको व्याजको २.२९ थप प्रोत्साहन भत्ता गरी संस्थाबाट सम्पूर्ण कारोवार गर्ने सदस्यहरुलाई १२.१७ प्रतिशत बोनस तथा प्रोत्साहन रकम बितरण गर्ने थापाले बताए ।
संस्थाले साधारण सभाको अवसरमा प्रमुख अतिथी जेष्ठ शेयर सदस्य लक्ष्मि देवि श्रेष्ठ लगायत उत्कृष्ठ वाल वचतकर्ता पुरुष÷ महिला, उत्कृष्ठ वचतकर्ता पुरुष÷ महिला, असल ऋणी, उत्कृष्ठ कर्मचारी हरुलाई सम्मान गरिएको संस्थाका संचालक सदस्य प्रयाग राज पोतेले बताउनु भयो । सभा संस्थाका अध्यक्ष मोहन लाल श्रेष्ठले संस्थाले शेयर सदस्यहरुका सल्लाह र सुझाब अनुसार नै काम गरेको बताउनु भएको छ । उक्त साधरण सभाको उदघाटन संस्थाका जेष्ठ शेयर सदस्य लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पदाधीकारिहरु, सल्लाहकारहरु, कर्मचारीहरु तथा शेयर सदस्यहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको संस्थाका प्रवन्धक रविन्द्र बहादुर थापा मगरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here