चन्द्रपुर- रौतहटको गुजरा नगरपालिकाको जंगलसहिया जानेबाट २४ घण्टा देखी अबरुद्ध छ । हिजो रातिदेखि परेको अविरल वर्षाले गुजरा नगरपालिकाको जङ्गलसहिया,कनकपु्र,पोखरबिण्डा लगायत जाने बाटोहरु अबरुद्ध भएको हो । सो गाउ जाने बालचनपुर र धन्सर दुबै बाटो हिजो देखि अबरुद्ध भएको स्थानिय दिपेन्द्र नेपालले जानकारी दिए ।
बलचनपुरबाट जंगलसहिया जानेबाटो अन्र्तरगत पर्ने लमाहा खोला र गुजरा खोलामा बाढीको कारण सवारी साधन चल्न पाएका छैनन । ति दुबै खोलामा नया पुल निमार्ण भइरहेका छन ।
धन्सारबाट जंगलसहिया जानेबाट हिजो आएको हावाहुरीको कारण रुख ढलेर बाटो अबरुद्ध भएको नेपालले जानकारी दिए ।
यी दुबै बाटो बन्द हुदा सो गाउ जान आउन बारा जिल्लाको तामागढी वा कटहरिया हुदै जानुपर्ने बाध्यता रहेको उनले बताए ।
जनता संग प्रत्यक्ष सरोकार राख्ने बाटो बन्द हुदा समेत जनप्रतिनिधिहरु कानमा तेल हालेर बसेको नेपालले बताए ।बाटो खुलाउन वाड अध्यक्ष देखी संघिय संसदले समेत चासो नदिएको उनको भनाइ रहेको छ ।
यथाशिघ्र बाटो खुलाउन उनले नगर प्रमुख शन्तलाल चौधरीलाइ आग्रह समेत गरेका छन ।