रौतहटका समाजसेवी कार्की रेडक्रसको केन्द्रिय सदस्यमा अत्यधिक मत सहित बिजयी

0
650

चन्द्रपुर – नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको लागी भएको निर्वाचनमा चन्द्रपुर नगरपालिका वाड नं. ४ निवासी समाजसेवी सपुत बहादुर कार्की अत्यधिक मत सहित फेरी केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशन अनुसार निर्वाचनबाट ३३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका कार्की अत्यधिक मत सहित केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन । गत साउन १ मा सुरु भएर २ गते काठमाडौँमा सम्पन्न नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको विशेष महाधिवेशनले आगामी २ वर्षे अवधिका लागि केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो। केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य गरी ३३ जना निर्वाचित भएका छन्। कार्कीै यस अघि पनि केन्द्रिय सदस्यमा पटक पटक बिजयी हुदै आएका थिए भने केन्द्रका बिभिन्न जिम्मेबारी समेत सफलताका साथ निर्वाह गरेका थिए ।
अहिले भएको विशेष महाधिवेशनले रुपन्देहीका प्रा. सुदर्शनप्रसाद नेपाललाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो । अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा अर्घाखाँचीकी राधा नेपाली ९महिला० र डडेलधुराका सुरेन्द्रसिंह ऐर ९खुल्ला०, महामन्त्रीमा तेह्रथुमका भूपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा जाजरकोटका वीरबहादुर बस्नेत, उपमहामन्त्रीमा भक्तपुरका मनोजकुमार थापा र उपकोषाध्यक्षमा कास्कीका डोलराज पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

विशेष महाधिवेशनले महिला सदस्यतर्फ मुस्ताङका पुष्पा भट्टचन शेरचन, बैतडीका शान्ति चन्द र दाङका भगवती शर्मा निर्वाचित गरेको छ। प्रदेश अनुसार केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्थाअनुसार कोसी प्रदेशबाट पाँचथरका कृष्णप्रसाद न्यौपाने , मधेस प्रदेशबाट सर्लाहीका नागेन्द्रप्रसाद चौधरी , बागमती प्रदेशबाट सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभँडेल , गण्डकीबाट स्याङ्जाका दिनेश अर्याल , लुम्बिनीबाट गुल्मीका अनुपकुमार श्रेष्ठ ९निर्विरोध०, कर्णालीबाट सुर्खेतका रामलाल आचार्य र सुदूरपश्चिमबाट डोटीका लक्षीराम कुँवर चयन भएका छन्।
केन्द्रीय सदस्यहरूमा सल्यानका यौवनप्रकाश श्रेष्ठ, प्युठानका गुमानराज पुलामी, तनहुँका प्रा। डा. कृष्णप्रसाद गौतम, दैलेखका भेषबहादुर थापा, रुकुम पश्चिमका शिवराम खत्री, नुवाकोटका विष्णुराज नेपाल, धादिङका नारायणप्रसाद तिमिल्सिना, धनुषाका नरेशप्रसाद सिंह, उदयपुरका विनोदकुमार बस्नेत, कैलालीका उत्तम जोशी, रोल्पाका नौलसिंह पुन, रामेछापका शिवकुमार कार्की, चितवनका हरिप्रसाद पौडेल, ओखलढुङ्गाका मोहनकुमार श्रेष्ठ र सुनसरीका उमेश थापा निर्वाचित भएका छन्।
नेरेसोको निर्वाचित कार्यसमितिको पदावधि नेरेसोको विधान सत्रौँ संशोधन बमोजिम आगामी २ वर्षको हुनेछ। २४२ प्रतिनिधिहरू मध्ये उपस्थित २०१ मत खसेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here