छोटो समयमा भौतिक पुर्वाधारमा मेनुका सिमसार प्राबिको फडको, अब निजि बिद्यालय सरह नै अध्यापन गराइन्छ—प्रअ तिमलसिना

0
716

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरमा रहेको मेनुका सिमसार प्राथामिक बिद्यालयले छोटो समयमा नै भौतिक पुर्वाधारको बिकाशमा फडकमो मारेको छ । ५० औ बर्ष देखी संचालमा रहेका सरकारी बिद्यालयको भौतिक पुर्वाधारको अबस्था अझै पनि जिर्ण रहेको अबस्थामा सो बिद्यालयले १५ बर्षको अबधि मै भौतिक पुर्वाधारमा फडको मारेको हो ।
२०६५सालमा शहिद परिवारको नाममा संचालित उक्त बिद्यालयमा सुबिधा सम्मपन्न भवनहरु देखी लिएर स साना बिद्यार्थीहरुलाइ बस्नको लागी राम्रो ब्यबस्थापन रहेको सो बिद्यालयकी प्रअ गोमा तिमलसिनाले जानकारी दिनुभएको छ । भर्खर सो बिद्यालयको प्रअको जिम्मेबारी लिनुभएकी तिमलसिनाले अब यो बिद्यालयको भन्दा उत्कृष्ठि पद्धती अपनाएर अध्यापन गर्ने बताएनुभएको थियो ।
प्राय गरिब तथा बिपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्न आउने जानकारी दिदै प्रअ तिमलसिनाले सिमसार प्राबिलाइ एउटा नमुना बिद्यालयको रुपमा स्थापित गर्ने अध्ययन अध्यापन गराइने समेत जानकारी दिनुभएको छ ।
केही समय अघि सो बिद्यालयको प्रअ का रुपमा कामकाज गर्दै आउनुभएका शिक्षक शेख जहर अलिले आफ्नो कार्य ब्यस्तता भएको प्रअ छाडेपछि तिमलसिनालाइ नया प्रअको रुपमा जिम्मेबारी दिइएको बिधालय ब्यवस्थापन समिति अध्यक्ष बिद्या सापकोटाले जानकारी दिनुभएको छ ।
बिधालय ब्यवस्थापन समितिकी अध्यक्ष बिद्या सापकोटाले बिस्वास र भरोसाका साथ शिक्षिका गोमा तिमल्सिनालाई प्रअको जिम्मेवारी दिएको बताउनुभएको छ । मेनका सिमसार प्राथामिक बिधालय दुई मृत परिवारको नाममा खोलिएको बिधालय हो । आफ्ना छोरी र श्रीमतीको नाममा वसन्त सापकोटाले करौडौ पर्ने जमिन दान दिए संगै मेनका सिमसार बिद्यालय नामाकरण गरिएको थियो । हाल सो बिधालयमा कक्षा ५ सम्म पढाइ हुने गरेको छ ।
यसैबिच केही दिन अघि मात्रै सोही बिद्यालयकी प्रअ तिमलसिनाले बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गर्नुभएको थियो । ८० जना गरिब,बिपन्न तथा दलित बिद्यार्थीलाई आफनै पैसा लगाएर बिद्यालय पोशाक बितरण गरेको उहाले जानकारी दिनुभएको छ ।
पहिलो त्रैमासिक परिक्षा सकिएर बिद्यालय बिदा भइ भदौ बाट मात्र कक्षा संचालन हुने समयलाई ध्यानमा राखी बिद्यालय सुचारुहुदा सबै बिद्यार्थी स्कुलको पोशाकमा आउन भन्ने उदेश्यका साथ आफुले बिद्यार्थीलाई पोशाक बितरण गरेको प्रअ तिमल्सिनाले बताउनु भयो ।
सो बिद्यालय स्थापना गर्न शहिद परिवारका बसन्त सापकोटाले जमिन दान गर्नुभएको स्थानिय युवा नेता बालकृष्ण सापकोटाले जानकारी दिनुभएको छ । स्थानिय दलित तथा बिपन्न परिवारका छोराछोरीहरुले पढन पाउने हकबाट बंचित भइरहेको अबस्थामा शहिदको स्मृतीमा सो बिद्यालयको स्थापना भएको समेत युवा नेता सापकोटाले बताउनु भयो । सो बिद्यालयलाइ ब्यबस्थीत गदै लानको लागी आफुले अझै भरपुर सहयोग र साथ रहेको उहाले प्रतिबद्धता गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here