चन्द्रपुर – रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।
नगरपालिकाले जारी गरेको सुचनामा माबि तहको लागी १३ जना,निमाबि तहको लागी २१ जना र प्राबि तहको लागी ३० जना शिक्षक माग गरिएको हो ।
चन्द्रपुर नगरपलिका नगर कार्यपालिकाको गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले जानकारी दिएका छन ।
चन्द्रपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८०“ बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकको माग गरिएको नगर प्रमुख काफलेले बताउनु भयो ।
यस नगर क्षेत्रभित्र संचालित विभिन्न सामुदायिक विद्यालयहरुबाट माग भएअनुसार करार सेवामा स्वयंसेवक शिक्षक पदपुर्ति गर्नुपर्ने नगरपालिका आफैले शिक्षक भर्ना गर्न लागेको उहाको भनाइ छ ।
चन्द्रपुर नगर क्षेत्रको गुणस्तरी उकास्नको लागी यो कार्यको थालनी गरिएको नगर प्रमुख काफलेको भनाइ रहेको छ । शिक्षा जस्तो संबेदनशिल क्षेत्रको बिकाशको लागी नगरपालिका सदैब तयार रहेको समेत उहाले बताउनु भयो ।
सो शिक्षक दरबन्दीमा इच्छुक योग्य नेपाली नागरिकहरुलाई आउदो साउन २६ गतेसम्म आबेदन दिन म्याद राखिएको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिनुभएको छ । आवेदन फारम यस कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखाबाट प्राप्त गर्न सकिने र म्याद नाघी प्राप्त हुन आएका आवेदन उपर कुनै कारवाही नगरिने समेत उहाले बताउनु भयो ।
यता नगर प्रमुख काफलेले चाडै नै चन्द्रपुर नगरपालिकामा नगर प्रहरी भर्ना हुने जानकारी दिनुभएको छ । केही दिनमै नगर प्रहरीको लागी आबेदन खुल्ला हुने उहाले जानकारी दिनु भयो । एक जना सई, एक जना असइ, २ जना हबलदार र १२ जना सिपाही सहित १६ जना नगर प्रहरी रहने नगर प्रमुख काफलेले बताउनु भएको छ ।नगरको शान्ति सुरक्षा तथा आवश्यक काम कर्वाहीको लागी नगर प्रहरी अति आवश्यक भएको कारण पनि नगर प्रहरी भर्ना गर्ने निति लिएको उहाले बताउनु भयो ।