चन्द्रपुर,साउन २७
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ बागमती क्यानटिन बजारबाट एकजनाको घरको भान्साबाट प्रहरीले गाजा बरामद गरेको छ । स्थानिय पुर्ण बहादुर तामाङले आफ्नो घरको भान्साबाट इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले सो गाजा बरामद गरेको हो ।
बिशेष सुचनाको आधारमा अवैध लागु औषध गाँजा बिक्री बितरण गरिरहेको खबर आएपछि प्रहरी टोलीले निजको घरकोठाको खान तलासी लिँदा भान्साबाट १६ किलो गाजा बरामद गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइरालाले बताएका छन ।
गाजा सहित घरधनी पुर्ण बहादुर तामाङलाई पक्राउ गरी जिल्ला अदालत गौरवाट लागु औषध सम्बन्धी कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको डिएसपी कोइरालाले जानकारी दिएका छन ।