Wednesday, June 12, 2024

तरुण दल रौतहटको अध्यक्षमा सिलवाल

ताजा / भरखरै प्राप्त

रौतहट,२९ साउन
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रौतहटको अध्यक्षमा सोभित सिलवाललाइ जिम्मेबारी दिइएको छ । सोमबार नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङले सिलवाललाइ तरुण दलको अध्यक्षको जिम्मेबारी प्रदान गरेको पत्र हस्तान्तरण गरेका हुन ।
लामो समय देखी नेपाल तरुण दल रौतहटको जिल्ला कार्य समितिमा रिक्त रहेको थियो । उक्त रिक्त पदमा उपाध्यक्षमा रहेका सिलवाललाई अध्यक्ष पदको जिम्मेवारी दिईएको नेपाल तरुण दलका केन्द्रिय कार्यलयले जानकारी दिएको छ ।
तरुण दलको विधान,सिद्धान्त र केन्द्रको निति निर्देशन बमोजीम कार्य गर्न र रौतहट जिल्लामा दलको संगठन अझ सुदृढ र सुसंगठित हुने बिश्वसका साथ कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी सिलवाललाइ दिईएको नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ ले सो पत्रमा जनाएका छन । सिलवाल नेपाली कांग्रेसको सक्रिय युवाको रुपमा चिनिन्छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles