Thursday, April 25, 2024

दशैको अबसरमा एमालेद्धारा शुभकामना आदान प्रदान कार्यक्रम

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,३ कार्तिक
नेकपा एमाले चन्द्रपुर नगर कमिटिले बिजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको आयोजनामा शुक्रबार भएको शुभकामना आदन प्रदान कार्यक्रममा विभिन्न जन प्रतिनिधि राजनितिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा पटीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य उद्वव रेग्मीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्दै उहाँले नेपालीहरुको महान चाड बडा दशैंको सुखद् अवसरमा सुख, शान्ति र समृद्धिका लागि सवैमा शुभकामना व्यक्त गर्नुभयो ।
यस चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उहाँको भनाई छ । यस पर्वले राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् क्षेत्र–क्षेत्र, जातजाति र समुदाय–समुदाय बीच आपसी भातृत्व कायम गर्ने उहाँले बताउनुभयो ।
नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने भावनाका साथ वडादशैंको शुभकामना व्यक्त गर्नुभएको छ । सो कार्यक्रममा नेपाली काग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरी , नेकपा माओवादी नगर कमिटी उपाध्यक्ष सहदेव केसी ,सहकारी अभियान्ता देवकी नेपाल , नेकपा एमाले मधेश प्रदेश उप–सचिव आरती भण्डारी , संघिय ससद बिना साह ,प्रदेश ससद केशव राय थारु, एमाले जिल्ला संयोजक सचितान्द साह,नेकपा एमाले जिल्ला कमिटि स्कुल बिभाग प्रमुख बाबुराम दाहाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।को उपस्थित रहेको थियो ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्यको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियोे । कार्यक्रममा नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारीले स्वागत मनतब्य राख्नु भएको थियो भने संचालन नगर कमिटि सचिब राम सिंहासन यादबले गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles