कांग्रेसका मधेश प्रदेश सदस्य कोइरालाको आयोजनामा दशैको शुभकामना आदान प्रदान कार्यक्रम

0
596

चन्द्रपुर,३ कार्तिक
नेपाली कांग्रेस मधेश प्रदेश सदस्य रबिनचन्द्र कोइरालाले दशै तिहारकोको पुर्व सन्ध्यामा आज शुक्रबार शुभकामना आदानप्रधान कार्यक्रमको आयोजना गरेका हुन् । नेता कोइरालाको सभापति एवं मधेश प्रदेश सभा सदस्य, संविधानसभाका सदस्य तथा नेपाली कांग्रेस रौतहटका सभापति जितेन्द्र यादव सुनिलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम होटल ए एन प्लाजामा सपन्न गरिएको हो ।।यादवले चाडपर्वहरुलाई भडकिलो नबनाई आफनो संस्कृतिको जगेर्ना गर्ने गरि मनाउनुपर्ने बताउँनुभयो । उहाँले सम्पूर्ण नेपालीहरुलाई आफ्नो क्षमता, गच्छता र दिगो हुने गरि मनाउन आग्रह समेत गर्नुभयो । त्यस्तै उहाँले नेपालीहरुको सुख शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त समेत गर्नुभयो ।नेपालको परिवर्तन नेपाली कांग्रेसले नै गर्ने भएकाले सहमति, सहकार्य र एकताको आवश्यक रहेको पनि उनले प्रष्ट पारे । पार्टीभित्र केही विमत्ती हुन्छन् र त्यस्ता विमत्तीलाई बाहिर ल्याउने होइन्, पार्टी भीत्रै सहमति खोज्नुपर्ने उनको भनाइ छ ।नेपाली कांग्रेसका नेता एवम् निवर्तमान प्रदेश सभा सदस्य धनलाला ठोकर, महाधिवेशन प्रतिनिधि मिथलेश मिश्र, सुबास कोइराला , सरस्वती गिरी नेपाली कांग्रेसबाट निर्वाचित विभिन्न पालिकाको जनप्रतिनिधिहरु, जिल्ला समिति सदस्यहरु लगायत चन्द्रपुर नगरपलिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले, पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता लगायतको उपस्थितिमा भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बोल्ने बक्ताहरुले एक अर्कामा चिनजान गर्ने सहज पाटो भएको बताएका छन् । हिजो नेपाली कांग्रेस चन्द्रपुर नगर कमिटिको आयोजनामा डाबरीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here