चन्द्रोदय साकोसद्धारा आयोजित निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ४७ जनाको स्वास्थ्य परिक्षण

0
307

चन्द्रपुर,२३ मंसिर
समाजिक उतर दायित्व अन्तर्गत चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था चन्द्रपुरले एक दिने स्वास्थ्य शिविर गरेको छ । आर्थिक मात्र हैन, सेवा चन्द्रोदयको समाजिक कार्य, सदस्य हुन वा अन्य , पाउनु पर्छ स्वास्थ्य सेवा अनिवार्य भन्ने नाराका साथ शिविर भएको हो । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित स्वास्थ्य चौकी पौराईमा शिविरको आयोजना गरिएको छ ।
बैक तथा बितिय संस्था सहकारी लगायतले बचत तथा ऋणको कारोबार मात्र नभई समाजिक क्रियाकलाप पनि गर्दै आएको चन्द्रपुर १ का वडा अध्यक्ष वलराम राउतले बताउनुभयो । सहकारीले समाजिक उतर दायित्व अन्तर्गत गरेको स्वास्थ्य शिविरबाट यस भेगका बासिन्दाले लाभवन्ति हुने उहाँको भनाई छ । यस्ता किसिमका शिविर वेला वेला गर्न वैक तथा बितिय संस्थालाई उहाँले आग्रह गर्नुभयो । सहकारी संस्थाले आर्थिक कारोबार मात्र नभई सामाजिक क्षेत्रमा पनि कार्य गर्ने गरेको चन्द्रोदय सहकारी संस्थाका अध्यक्ष बसन्त आचार्यले उल्लेख गर्नुभयो । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग तथा समाजिक कार्यक्रम गर्दै आएको उहाँको भनाई छ । सोहि अन्तर्गत यस वडामा स्वास्थ्य शिविरकोे अयोजना गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य शिविरबाट छिमेकी गाँउका बिरामीहरुले समेत सेवा पाउने उहाँको भनाई छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले फिजिसियन तथा दन्त रोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर गरेको हो । शनिवार विहान ८ बजे देखि सुरु भएको स्वास्थ्य शिविरमा त्यसै वडाका स्थानीय ३ सय ४८ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा चन्द्रपुर अस्पतालका प्रमुख डा.सुवास चौधरी,डा.कृष्ण साह,डा.सुनिल साह( अर्थोपेटिक) लालबाबु चौधरी लगायतले स्वास्थ्य चेकजाँच देखि ल्याब परिक्षण गर्नुभएको शिविरमा दन्त चिकित्सक ,प्रणामि दाँत घर बाट यादव प्र.घिमिरे तथा लालबन्दीका डा.सुरेन्द्र महतोले दात सम्बन्धि रोगको उपचार तथा समाधानको लागि निशुल्क औषधि बितरण गरिएको थियो ।
शिबिरमा प्रणामी दाँत घरबाट दाँतको निशुल्क औषधी तथा चन्द्रपुर अस्पताल बाट पनि निशुल्क औषधी र बाकी साकोसको तर्फबाट सबै प्रकारका औषधीहरु निशुल्क बितरण गरिएको थियो । संस्थाका सल्लाहकार संयोजक प्रकाश सुनुवार,सल्लाहकार सदस्य श्रीराम न्यौपाने लगायत वाड न–१ का राजनीति पाटी मा प्रतिनिधि,विभिन्न संघ संगठनका प्रतिनिधि, बुद्दिजिबी,सामाजिक ब्यक्तित्वहरुका उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका बरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारीले गर्नुभएको थियो ।
लक्ष्मी दाहालले संचालन गर्नुभएको शिविरमा संस्थाका संचालक समिति,लेखा समिति,सल्लाहकार समिति, विभिन्न उपसमितिका पदाधिकारी लगायत संस्थाका ब्यबस्थापक तथा सम्पुर्ण कर्मचारी हरुको सहभागीता रहेको थियो
उतm शिविरमा उल्लेखनिय मात्रमा सर्वसाधरणको स्वास्थ्य परीक्षण गरिएको आयोजक संस्थाले जनाएको छ । चन्द्रपुर अस्पताल प्रा.लि चन्द्रपुर र प्रणामी डेन्टल सर्भिस प्रा.लि चन्द्रपुरको प्राविधिक सहयोगमा शिविर भएको हो । चन्द्रपुर अस्पताल प्रा.लिका प्रमुख डा. सुवास चौधरीले शिविरमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । यसअघि पनि चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था चन्द्रपुरले विभिन्न किसिमको समाजिक क्रियाकलापहरु गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here