Thursday, April 25, 2024

खेत जोतिरहेका किसानको करेन्ट लागेर ज्यान गयो

ताजा / भरखरै प्राप्त

रौतहट,२३ मंसिर
रौतहटमा एक किसानको खेत जोतिरहेको अबस्थामा करेन्ट लागेर ज्यान गएको छ । जिल्लाको माधवनारायण नगरपालिका– ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको खेत जोत्दा जोत्दै करेन्ट लागेर ज्यान गएको हो । बिधुत प्राधिकरणको ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसान पंडितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसान पंडित सँगै गोरु पनि मरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिएका छन । शनिबार बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको र लासलाइ पोष्टमार्टमको लागी गौर अस्पताल पठाइएको उनले जानकारी दिए ।

 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles