Saturday, June 22, 2024

भरत तालमा शनिबार देखी ‘वाटर स्कुटर’ संचालन

ताजा / भरखरै प्राप्त

सर्लाही-सर्लाहीको बागमतीमा रहेको ‘भरत ताल’मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ संचालनमा ल्याईएको छ । शनिवार बागमती नगरपालिका–१२ र ४ मा निर्माणाधिन बागमती माछा पोखरी अर्थात ‘भरत ताल’मा उक्त ‘वाटर स्कुटर’को विधिवत उद्घाटन गरिएको हो । ताल भ्रमणमा आउने प्रर्यटकका लागि आकर्षित गर्ने उद्येश्य सहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको हो । यसको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीय स्तरमै समुन्द्री जलसयरको मज्जा लिन सकिने संचालक कम्पनी बागमती इन्टरटेन्मेन्ट प्रालिका प्रोप्राईटर गौतम खड्काले जानकारी दिए ।
‘वाटर स्कुटर’को मेयर भरत कुमार थापा र ११ नम्बरका वडाध्यक्ष प्रदिप आचार्यले सम्यूक्त रुपमा उद्घाट गरे । यसलाई अंग्रेजीमा ‘वाटरक्राफ्ट’, ‘वाटर स्कूटर’, ‘जेट स्की’ वा ‘सी–डू’ समेत भनिने संचालक कम्पनीले जनाएको छ । यसमा चालक सहित तिन जना सम्म बसेर जल सयर गर्न सकिने छ । भने, त्यसमा जोडिएको बनाना राईडर र दुनोड राईटरमा ५ जना सम्म बसेर सयर गर्न सकिने कम्पनीका प्रोप्राईटर खड्काको भनाई छ । ५५ लाखको लागतमा संचालनमा ल्याईएको यस ‘वाटर स्कुटर’ संम्भवत नेपालमा पहिलो भएको कम्पनीको दावी छ ।
यस साहसीक जल सयरको ५ सय देखी १५ सय सम्म टिकट तय गरिएको कम्पनीले जनाएको हो । भरत तालमा यस पहिला देखी नै साहसीक खेल मनोरंजनको लागि ‘स्काई साईकलिङ’, ‘वाटर साईलिङ’ संचालनमा आईसकेको छ । भने, पर्यटकको मनोरंजनाका लागि मिनि पानी जहाज(मिनि कु्रज), मोटर बोट संचालन भईरहेको छ । ताल परिसरमा मिनि रेलमा चडेर मनोरन्जन लिन सकिने ब्यवस्था गरिएको नगरपालिका कार्यलयले जनाएको हो ।
अन्तराष्ट्रिय स्तरको पर्यटकिय गन्तब्यको रुपमा विकास हुदै गएको यस भरत ताल भ्रमणको लागि बिदेशी पर्यटक समेत आकर्षित हुने गरेका छन् । बिशेष गरेर ताल परिसर विभिन्न चाड पर्व, उत्सव तथा सार्वजनिक विदाको दिन पर्यटकले भरि भराउ हुने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles