माघ १२ गते एमाले अध्यक्ष ओली रौतहट आउने

0
264

चन्द्रपुर, १३ पुस
नेकपा एमाले चन्द्रपुर नगर कमिटिको बैठक शुक्रबार चन्द्रनिगाहपुर पार्टी कार्यालयमा बसेको छ । आगामी माघ १२ र १३ गते हुने जिल्ला अधिबेशनलाइ मध्यनजर गदै नेकपा एमाले चन्द्रपुर नगर कमिटिको बैठक बसेको हो । बैठकले आउदो जिल्ला अधिबेशनको तयारी र प्रतिनिधि चयनको बारेमा निर्णय गरेको छ । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले आउदो जिल्ला अधिवेशनलाइ भब्य र सब्य बनाउनको लागी एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ । अधिवेशनको लागी प्रतिनिधि चयन र जनपरिचालनको पाटोमा सक्रिय भएर लाग्नुपर्ने केन्द्रिय सदस्य रेग्मीको भनाइ रहेको थियो । जिल्ला अधिवेशमा नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको समेत रेग्मीले बैठकमा जानकारी गराउनुभएको थियो ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्ष्तामा भएको बैठकमा नेकपा एमाले मधेश प्रदेशका सदस्यहरु,बाल बिक्रम कार्की,बिर बहादुर गोले तथा जित बहादुर बिकको समेत उस्थीती रहेको थियो ।
बैठकले चन्द्रपुर नगरपालिकाको १० वटै वाडमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने,माघ ३ गते जिल्ला अधिवेशनको लागी प्रतिनिधि चयनको लागी वाड वाडमा भेला राख्न लगायतको निर्णय भएको नगर अध्यक्ष आचार्यले जानकारी दिनुभयो । बैठकमा प्रेस चौतारी मधेश प्रदेशकमा अध्यक्ष फणि महत,नगर कमिटिका पदाधिकारी तथा सदस्यहरु,भातृ संगठन केन्द्र,प्रदेश तथा जिल्ला स्तरका नेताहरु,जिल्ला कमिटिका सदस्यहरु,वाड कमिटिका अध्यक्षहरुको उपस्थीती रहेको नगर कमिटि उपाध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिनुभएको छ ।
आउदो माघ १२ र १३ गते हुने जिल्ला अधिवेशनको लागी चन्द्रपुर नगरपालिकाबाट ५७ जना प्रतिनिधि चयन हुने भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here