चन्द्रपुर,१४ पुस
पौष १३ गते शुक्रवार संकल्प बचत तथा ऋण सहकारी सस्था लि को १६ औ स्थापना दिवसको पुर्व सन्ध्यामा चन्द्रपुर ५ स्थित माउन्ट एभरेस्ट आ मा बि मा चन्द्रपुर नगर भित्रका सामुदायिक तथा सस्थागत बिधालयका कक्षा १० सम्मका विद्यार्थीको लागि “आर्थिक तथा सामाजिक बिकासमा सहकारीको भुमिका “ बिषयमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।कार्यक्रममा नगर भित्रका १६ वटा बिधालयका छात्र छात्रा सहभागी भएका थिए ।
बिषयबस्तुमा केन्द्रित भएर सहभागिहरुले आफ्नो प्रस्तुती दिएका थिय ।प्रतियोगी मध्य चन्द्रपुर ४ स्थित पाथीभरा आ मा बि का छात्र प्रबीज्ञ तिमल्सिना प्रथम ,चन्द्रपुर १ स्थित बागमती मा बि कि छात्रा सुभद्रा थापा द्दितिय र चन्द्रपुर ८ स्थित होलिभिजन एकेडेमीकि छात्रा कृतिका बजगाइ तृतीय स्थान हुन सफल भएका छन ।प्रथम ,दितिय र तृतीय हुने छात्र छात्रालाई नगद क्रमशः ३०००,२०००,१००० प्रदान गरिने छ ।कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष बिभु कुमार पोखरेलले गर्नु भएको थियो भने प्रमुख अतिथि चन्द्रपुर न पा वडा न ५ का अध्यक्ष निलहरी कोइराला अतिथि हरुमा चन्द्रपुर न पा शिक्षा शाखाकी जुना तिमल्सिना ,प्याब्सन मधेस प्रदेश अध्यक्ष दिपक रेग्मी ,माउन्ट एभरेस्टका प्रीन्सिपल अच्युत हुमागाइ ,संचालक उमेश बास्कोटा लगायतको रहेको थियो ।त्यस्तै निर्णायकमा पुर्व शिक्षकहरु इन्द्रराज अधिकारी ,भरत प्रसाद आचार्य र ठाकुर प्रसाद उपाध्याय रहनु भएको थियोे ।कार्यक्रममा सस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक गणेश पौडेलले स्वागत गर्नु भएको थियो ।कार्यक्रम सन्चालन सचिब के बि थापा र सह सचिब चिरञ्जीवी गौतमले गर्नु भएको थियो ।कार्यक्रमको संयोजन सस्थाको सामाजिक कृयाकलाप उप समिति संयोजक भरत प्रसाद अधिकारिले गर्नु भएको थियो ।कार्यक्रममा सस्थाका संचालक ,कर्मचारी ,शिक्षक बिद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।सस्थाले स्थापना दिवसलाइ भब्य रुपमा मनाउने गरेको छ ।बिगत बर्षहरुमा स्वास्थ्य शिविर,रक्तदान ,साहित्यिक गोष्ठी ,खेलकुद ,बिरामिलाइ हर्लिक्स बितरण ,जेष्ठ सदस्यहरु सम्मान ,सरसफाइ ,निबन्ध लेखन प्रतियोगिता जस्ता कार्यक्रम सन्चालन गरेर सदस्यको मन जित्न सफल भएको थियो ।यसपाली पनि पौष २१ गते कम्तिमा ५०० शेयर सदस्य उपस्थित गराइ पुरस्कार ,सम्मान लगायत विविध कार्यक्रम गरि भब्य रुपमा मनाउने तयारी गरियको जानकारी अध्यक्ष बिभु पोखरेलले गराउनु भएको छ ।बिगत १६ बर्ष देखि संकल्प साकोसले चन्द्रपुर नगरपालिकामा सामाजिक तथा आर्थिक बिकासमा उल्लेखनीय योगदान प्रदान गरिरहेको छ ।