रौतहट,१४ पुस
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर यादबले समाजसेवा गर्न भित्री मनबाट नै जागृत हुनुपर्ने बताउनुभएको छ । बाराको मोहरीमा स्वंयमसेवी तथा स्वयमसेवकहरुको भुमिका बारे अन्तरक्रिया तथा वनभोज कार्यक्रममा सभापति यादबले यस्तो बताउनुभएको हो । सेवा नै धर्म हो भन्ने मुलमन्त्रलाइ आम नागरिकले भुल्न नहुने सभापति यादबको धारणा रहेको थियो । जहा बिपत त्यहा रेडक्रस पुग्ने सभापति यादबले बताउनु भयो । कार्यक्रममा रेडक्रसका पुर्व सभापति डा.नन्दकिशोर झाले समाजसेवा भन्ने बितिकै रेडक्रस नै बुझने बताउनु भयो । ठुला ठुला बिपतमा रेडक्रस पुगिरहेको अबस्थामा आउदा दिनहरुमा पनि समाजसेवा कार्यलाइ तनमन दिएर लाग्नुपर्ने उहाको सुझाब छ ।
यसैगरी उपशाखा चन्द्रनिगाहपुरका सभापति कृष्ण प्रसाद अधिकारीले रेडक्रस पबित्र संस्था भएकोले पबित्र मन लगाएर काम गर्नुपर्ने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धमेन्द्र सिंहको संचालनमा सम्पन्न कार्यक्रममा शाखाका उपसभापति निलु झाले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा रेडक्रस मधेश प्रदेश समितिकी कोषाध्यक्ष, शाखाका कोषाध्यक्ष रामाधार यादब,सदस्यहरु संजय यादब,रामएकवाल साह,बिभिन्न उपशाखाका सभापतिहरु लगायतको सहभागिता रहेको थियो ।