Thursday, April 25, 2024

बरहथवामा लाग्यो कार्फ्यु

ताजा / भरखरै प्राप्त

सर्लाही,२० पुस
सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज साझ सामडे ५ बजे देखी बिहान ८ बजे सम्मको लागी कार्फ्यु लगाएको हो । बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पना कटुवालको घरलाई उग्र प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार गर्दा स्थानीय एक जनाको टाउकोमा लागेर मृत्यु भएको खवर प्राप्त भएको थियो ।मेयर कटुवालको घरलाई लक्ष्ति गरेका प्रदर्शनकारीलाई धपाउने क्रममा प्रहरीले गोली चलाउदा बजार तर्फ आउदै गरेका बरहथवा नगरपालिका ६ का २७ बर्षिय जयशंकर साहलाई नेपाल विद्युत प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताएका हुन् । अर्का एकजनालाई खुटामा गोली लागेर गम्भीर घाईत भएको छ ।
अस्पतालको विषयलाई लिएर विगत महिना देखि द्धन्द चल्दै आएको अवस्थामा शुक्रवार दिउसो प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु उग्र बन्दै मेयर कटुवालको बरहथवा स्थित घरमा तोडफोड गर्दै घरबाहिर राखिएका गाडीमा आगजनी गरेको स्थानीय पत्रकार घनश्याम सिंहले जानकारी दिएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles