रेडक्रस चपुर उपशाखाको भवन बनाउने मेयर काफ्लेको प्रतिबद्धता

0
220

चन्द्रपुर,२१ पुस
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन निमार्ण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिबार नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखा को ३४ औ वार्षिक साधारण सभा तथा आजीवन सदस्यहरू प्रमाण पत्र हस्तान्तरण कार्यक्रममो सो प्रतिबद्धता जनाउनुभएको हो ।
सो कार्यक्रममा नगर प्रमुख काफलेले रेडक्रस सग सहकार्य गरेर बिपद को बेलामा विभिन्न सेवामुखी कामहरु गरेको स्मरण गर्दै आएको र आउने दिनमा पनि निरन्तर सहकार्य हुने बताउनु भयो ।
यही आर्थिक बर्षमा चन्द्रपुरमा ब्लड बैक स्थापना गर्नको लागी तथा भवन निमार्ण गर्न १० लाख बिनियोजन गरेको र छिटै नै सम्झौता गरेर काम अगाडी बढने समेत नगर प्रमुख काफलेले बताउनुभएको छ ।
साधरण सभामा रेडक्रस का केन्द्रिय सदस्य सपूत बहादुर कार्कीले अब नेपाल रेडक्रस सोसाईटी रेल जस्तै दौडने बताउनु भयो । बिगत केही बर्ष देखी समस्यामा गुज्रिएको नेपाल रेडक्रस सोसाईटीले अब पुरानै गतिमा काम गर्ने केन्द्रिय सदस्य कार्कीले बताउनुर्भको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर प्रसाद यादबले आपत र बिपत परेको बेला रेडक्रस सहयोग गर्न तत्पर रहेको बताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धमेन्द्र सिंहले संस्थाको नितिगत कुरा बारे जानकारी गराउनुभएको थियो । साधरण सभामा चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,रेडक्रसका सल्लाहकार द्धय उमेश बास्कोटा र देबकी नेपाल,जुडिबेला माबिका पुर्व प्रअ जगत नारायण कुमार लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । उपशाखाका सभापति कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न साधारण सभामा कोषाध्यक्ष संजय कार्कीले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो भने स्वागत मन्तब्य जय नारायण चौधरीले राख्नुभएको थियो । कार्यक्रम उपशाखाका उपसचिब राजेन्द्र तिवारीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नया आजिवन सदस्यहरुलाइ प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । सो साधरण सभामा आजिबन सदस्यहरु,संचारकर्मी तथा सम्बन्धीत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here