Saturday, June 22, 2024

संकल्प साकोसले मनायो १६ औ स्थापना दिवश

ताजा / भरखरै प्राप्त

चन्द्रपुर,२१ पुस
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ मा संचालित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १६ औं स्थापना दिवस मनाईएको छ ।
सो संस्थाले शनिबार चन्द्रपुर स्थित होटल अशोकामा कार्यक्रमको आयोजना गरी भब्य रुपमा आफनो स्थापना दिवश मनाएको हो ।
कार्ययक्रम का प्रमुख अतिथी चन्द्रपुरका मेयर संजय कुमार काफ्‌ले ले सहकारी सस्थाले सदस्यहरुको हितमा लगानी गर्दै सामाजिक उत्तरदायीत्व निर्वाह गर्नु पर्ने धारणा राखेका छन ।स्थापना दिवसको अवसरमा कदर(पत्र, जेष्ठ सदस्यहरु लाई सम्मान गरिएको छ ।संस्थाका सवै जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष बिभु कुमार पोखरेलले जानकारी दिएका छन ।कार्यक्रममा सस्थाको आर्थीक गतिबिधी, आगामि कार्ययोजनाहरु प्रस्तुत गरिएको थियो ।सो संस्थाका अध्यक्ष बिभु पोखरेलले संस्थाको आर्थिक गतिबिधी र संस्थाको अवस्थाको बारेका जानकारी गराएका थिए ।
संस्थागत विकासमा योगदान पुरायाउने सदस्यहरु लाई कदर पत्र प्रदान गरीएको छ । कार्यक्रममा संकल्प साकोसका शेयर सदस्यहरु,संचालक समिती ,लेखा सुपरिवेक्षण समिति ,उप समिति ,सल्लाहकार ,कर्मचारी ,पत्रकार ,बुद्धिजीवी ,नागरिक समाज लगायत शुभचिन्तकहरु लाई अध्यक्ष पोखरेलले धन्यवाद दिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles