एमाले नेता यादबको ब्यक्तीगत सहयोगमा बिपन्न महिलाहरुलाइ सिलाइ कटाइ तालिम

0
419

रौतहट,२२ पुस
नेकपा एमालेका केन्द्रिय लेखा आयोगका सदस्य तथा नेता राजकिशोर प्रसाद यादबले आफनो ब्यक्तीगत आर्थिक सहयोगमा स्थानिय बिपन्न महिलाहरुलाइ ३ महिने सिलाइकटाइ तालिम दिनेभएका छन । आइतबार एक कार्यक्रम बिच राजदेबी नगरपालिका वाड नं. ६ राजदेबी टोलमा सो तालिमको एमाले नेता यादबले शुभआरम्भ गरेका थिए । स्थानिय दलित,बिपन्न तथा बेरोजगार ८ जना महिलाहरुलाइ सिलाइ कटाइको तालिम आजबाट शुरु गरेको नेता यादबले जानकारी दिएका छन ।
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति समेत रहेका यादबले बिपन्न परिवारको आर्थिक स्तर बृद्धिको लागी यो अभियान शुरु गरेको बताए । तालिममा लाग्ने लुगा सिउने मेशिन,प्रशिक्षक खर्च लगायत सम्पुर्ण खर्च आफुले ब्यक्तीगत रुपमा बेर्होने गरी तालिमको आयोजना गरेको यादबले बताए । सो सिलाइकटाइ तालिमको प्रशिक्षकमा सत्य नारायण यादब र अर्का एकजना गरी २ जना रहेका छन । तालिमको शुभारम्भ कार्यक्रममा नेकपा एमाले राजदेबी नगरपालिकाका संयोजक संजय यादब,जिल्ला सदस्य धनपत राय यादब,छेदी राय,मिश्रीलाल राय लगायत रहेका थिए ।
समाजसेवामा अग्रसर एमाले नेता यादब २०७९ को मधेश प्रदेश सभाको निर्वाचनमा रौतहट क्षेत्र नं. १ को क बाट प्रदेश संसदमा निर्वाचन लडेका थिए भने नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको निर्वाचनमा सभापति पदमा अत्यधिक मतले बिजयी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here