हिलेखोला सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा सुबेदी

0
101

चन्द्रपुर,१३ पुस
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ मा रहेको हिलेखोला सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा मुना सुबेदी चयन हुनुभएको छ । शनिबार सम्पन्न ८ औ बार्षिक चुनाबि साधारण सभाबाट सुबेदीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा चन्द्र बहादुर खत्री,सचिबमा गिता प्रसाद उपाध्याय,सहसचिबमा भिम बहादुर मगर र कोषाध्यक्षमा संगिता मैनाली चयन हुनुभएको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका उपाध्यक्ष टिका बहादुर आचार्यले जानकारी दिनुभएको छ । यसैगरी समितिको सदस्यहरुमा केशब पौडेल,बुधनी देबी महतो,पुरुषोतम अधिकारी चन्द्रमाया बिक लगायत रहनुभएको उपाध्यक्ष आचार्यले जानकारी दिनुभएको छ । यसैगरी भेलाले कृष्ण प्रसाद उपाध्ययको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति समेत चयन गरेको छ ।
सल्लाहकार समितिको सदस्यहरुमा ताराचन्द्र दाहाल,किशोर उपाध्याय,रामकृष्ण अधिकारी र लक्ष्मी घिमिरे रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here