Thursday, February 29, 2024

एमाले चन्द्रपुर र माधब नारायण नगर कमिटिको बैठक सम्पन्न

ताजा / भरखरै प्राप्त

दूध किसानले गरे राजमार्गमा चक्काजाम

चन्द्रपुर,१७ फागुन दुधकाे पैसा नपाएको भन्दै राैतहटका किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेका छ । बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजमार्गको चन्द्रनिगाहपुरचाेकमा...

राैतहटकाे एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट,१४ फागुण रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । जिल्लाको यमुनामाई गाउपालिका वडा नं.१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.सुकदेव...

२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय...

नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न

गाैर - नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाको छैठौ जिल्ला साधरण सभा सम्पन्न भएको छ । शनिबार शाखा कार्यालयको सभाहलमा साधरण सभा सम्पन्न भएको हो...

पुर्वाधार बिकाश कार्यालयमा मनपरी भएको भन्दै युवा संघले बुझायो ज्ञापन पत्र

रौतहट- नेकपा एमालेको जन बर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले पुर्वाधार बिकाश कार्यालय रौतहट गौरले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन...

रौतहट- नेकपा एमालेको रौतहट जिल्ला अधिवेशनको तयारी तथा व्यवस्थापनका बारेमा रौतहटको चन्द्रपुर र माधब नारायण नगर कमिटिको बैठक बुधबार सम्पन्न भएको छ । दुबै नगर कमिटिको बैठकमा जिल्ला अधिवेशनका लागि आवश्यक तयारी तथा व्यवस्थापन लगायतका बिषयमा छलफल भएको थियो । आउँदो माघ २५ र २६ गते हुने १० औ जिल्ला अधिवेशनको तयारी र सहभागिता तथा प्रतिनिधि चयन छनौटको बारेमा चन्द्रपुर नगर कमिटिको बैठकमा छलफल भएको नेकपा एमाले मधेश प्रदेश उपसचिब आरती भण्डारीले बताउनुभयो । उहाँका अनुसार माघ १३ गते एकै दिन पालिका अधिवेशन गरी प्रतिनिधि चयन गर्ने तयारी छ । यहाँका १८ वटा पालिकामा एकै दिन प्रतिनिधि चयन गर्ने योजनाका साथ तयारी तिव्र पारिएको उहाँले जानकारी दिनुभयो । नगर तथा जिल्ला अधिवेशनलाई भब्य र सभ्य बनाउनका लागि बिभिन्न निर्णय समेत गरिएको उहाँको भनाई छ । जिल्ला अधिवेशनको तयारीका बिषयलाई लिएर प्राय ः दैनिक जसो विभिन्न स्तरमा छलफलका कार्यक्रम भै रहेको पाटीका उप सचिव भण्डारीले बताउनुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा चन्द्रपुर नगरपालिका इन्चार्ज उद्धब प्रसाद रेग्मीले अधिवेशनको तयारीमा जुट्न आग्रह समेत गर्नुभयो । जिल्ला अधिवेशनमा प्रतिनिधि चयन प्रक्रियामा बिधान अनुसार गर्न केन्द्रिय सदस्य रेग्मीले सुझाव समेत दिनुभयो । नेकपा एमालेले जिल्ला अधिवेशनका लागि मंञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, प्रचार प्रसार लगायतका विभिन्न समिति तथा उपसमिति बनाएर व्यवस्थापनमा जुटेको उहाँले जानकारी दिनुभयो । नेकपा एमाले रौतहटले जिल्ला अधिवेशनमा सहभागी हुन वडास्तर सम्मका नेतालाई भनेको छ । बैठकमा नेकपा एमाले मधेश प्रदेश कमिटि सदस्य बिर बहादुर गोले, जित बहादुर बिक, जनपरिचालन कमिटिका संयोजक बावुराम दाहाल, नेकपा एमाले चन्द्रपुर नगर कमिटि उपाध्यक्ष राजेन्द्र तिवारी लगायतको उपस्थिती रहेको थियो । बैठक नगर कमिटीका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैगरी माधब नारायण नगर कमिटिको बैठकमा केन्द्रिय सदस्य तथा नगर इन्चार्ज अजय कुमार गुप्ताले अधिवेशनलाइ भब्यतापुर्वक सफल पार्न तयारी भइरहेको जानकारी दिनुभएको छ ।
माधब नारायण नगर कमिटी अध्यक्ष उपेन्द्र साहको अध्यक्षतामा भएको बैठकमा जिल्ला संयोजक सचिदानन्द साह, प्रदेश कमिटी सदस्य अंशु सिंह ,जिल्ला कमिटी सदस्य राजकुमार राय,जीतेन्द्र प्रसाद,जमिलकर मंसुरी ,राजीव कुमार यादव ,स्कुल बिभाग सदस्य भाग्य नारायण महतो सहित पालिका भित्रका सम्पुर्ण जिल्ला कमिटी सदस्य तथा नगर कमिटी सदस्य वडा कमिटी को अध्यक्षहरुको उपस्थीती रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

प्रभु साह पत्नी मौलापुरकी नगर प्रमुख रिना कुमारीको पद चट्

रौतहट,३० असोजरौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ। निर्वाचन आयोगले सूचना निकालेर २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

Related Articles

दूध किसानले गरे राजमार्गमा चक्काजाम

चन्द्रपुर,१७ फागुन दुधकाे पैसा नपाएको भन्दै राैतहटका किसानहरुले पुर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेका छ । बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजमार्गको चन्द्रनिगाहपुरचाेकमा...

राैतहटकाे एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

रौतहट,१४ फागुण रौतहटको एक अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन । जिल्लाको यमुनामाई गाउपालिका वडा नं.१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.सुकदेव...

२०६ पटक रक्तदान गर्ने स्व. मैनालीको १३ औं पुण्यतिथिको अवसरमा शाेक सभा

चन्द्रपुर -२०६ पटक रक्तदान गर्ने स्व.अर्जुन प्रसाद मैनालीको १३ औं पुण्यतिथिको अवसरमा चन्द्रनिगाहपुरमा रक्तदाताहरुलाई सम्मान गरिएको छ । चन्द्रपुर हस्पिटल प्रालि चन्द्रनिगाहपुर र चन्द्रोदय...