रौतहट- नेकपा एमाले जिल्ला कमिटी रौतहटको दशौ जिल्ला अधिवेशनको लागी प्रतिनिधि चयन गर्न १३ गतेको लागी पालिकामा खटिनु भएका निर्वाचन प्रमुखहरुको नाम समेत सार्वजनिक गरिएको छ । चन्द्रपुर नगरपालिकामा विना साह, प्रेमशंकर यादव , गुजरा नगरपालिकामा वीर वहादुर गोले , फतुवा विजयपुर नगरपालिकामा खड्ग वम्जन , गरुडा नगरपालिकामा श्याम कार्की , वृन्दावन नगरपालिकामा जितबहादुर विक , मौलापुर नगरपालिकामा परोनिया देवी , देवाहि गोनाही नगरपालिकामा गौरी शंकर जयसवाल, माधव नारायण नगरपालिकामा अंशु सिंह ,राजपुर नगरपालिकामा मणिशंकर निधि , बौधिमाई नगरपालिकामा कफिल अन्जुम ,परोहा नगरपालिकामा कलिमुल्लाह , ईशनाथ नगरपालिकामा म.अतिउल्लाह , राजदेवी नगरपालिकामा ः श्यामसुन्दर पटेल , गौर नरपालिकामा राम पुकार दास , यमुनालाई गाउँपालिकामा रामकिशोर महतो ,दुर्गाभगवती गाउपालिकामा मिथिलेश यादव ,गढिमाई नगरपालिकामा रामजी साह , कटहरिया नगरपालिकामा जयचन्द पटेल ,जनजाती महासंघमा हिरा खपांगी, अनेमसंघमा लक्ष्मी कार्कीको नाम सार्वजनिक गरिएको हो । नेकपा एमालेको अधिवेशनको मिति नजिकदै जाँदा नेता तथा कार्यकर्तामा उत्साह बढेको पाईएको छ । जिल्ला अधिवेशनको लागी नेताहरु गाँउ गाँउ पुग्न थालेका छन भने जिल्ला अधिवेशन तयारी समिति पनि सक्रिय भएर लागि परेको छ ।






