- रौतहट, १६ माघ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नेपाली काँग्रेसको महाअभियान, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीको जिल्लाका सबै वडाहरुमा आजै देखि अभियान प्रारम्भ भएका छन् ।
नेपाली कांग्रेसको केन्द्रिय सदस्यहरु पर्सामा किरण यादब, बारामा अनिल रुंगटा, रौतहटमा अजय सिवाकोटी, सर्लाहीमा गणेश लामा, महोत्तरीमा पदम नारायण चौधरी, धनुषामा राजिव ढुंगाना, सिराहामा अमृत अर्याल र सप्तरीमा लक्ष्मी खडिवडा केन्द्रबाट पर्यवेक्षकको रुपमा खटिएका केन्द्रीय सदस्यहरुले जिम्मेवारी पाएका जिल्लाहरुमा आजै देखि वडा स्तरिय कार्यक्रममा सहभागी भई विभिन्न कार्यक्रम गरेर सहिद दिवसको अवसरमा अभियानको प्रारम्भ गरिएको नेका मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका हुन् ।
समुदायमा जाऔं नागरिकको कुरा सुनौं, भने नेपाली काँग्रेसको अभियानलाई मधेस कांग्रेस प्रतिनिधि खटाएको प्रदेश सदस्यहरु जिल्लाका सम्पूर्ण पदाधिकारीहरु, नगर सभापति, माहासमितिका सदस्यहरु, माहाधिवेशन प्रतिनिधिहरु, पुर्व पधिकारी, संगठनका जिम्मेवार पदाधिकारीहरुलाई परिचालन गरिर सबै वडामा प्रतिनिधिहरु खटेर कार्यक्रम सुचारु भईसकेको उनले भने ।
माघ १६ गते देखि २६ गते सम्म जनताका अपेक्षा, सुझाव र गुनासाहरु सुन्ने गरी अभियान सञ्चालन गरिएको हुँदा अनिवार्य रुपमा तपाईहरुले पाउनु भएका जिम्मेवारीलाई पूर्ण रुपमा इमान्दारीका साथ निर्वाह गर्नुहुने तथा उक्त कार्यको मोनेटरिंग महामन्त्री गगन थापा लगायतका पार्टीका जिम्मेवार पदाधिकारीहरुबाट हुने छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रतिनिधिहरु नेपाली काँग्रेस आज देखि मधेस प्रदेशको सबै वडाहरुमा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह तप्का संगको विचार भावनालाई बुझ्ने एवं नागरिकको गुनासाहरु सुनेर टिपोर्टहरुलाई संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानको मुल मर्म रहेको उनले जानकारी दिए ।
वडामा रहेका पार्टी कार्यकर्ता, अन्तरपार्टीका साथीहरु, नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्रध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक अन्य सेवाहरु कस्ता कस्ता पाउनुपर्ने हो त्यस बारे सटिक जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने र संगठन बलियो हुने केन्द्रीय कार्यालयको मान्यता रहेको हुँदा त्यस तर्फ आ आफना दायित्वलाई निर्वाह गर्न केन्द्रिय निर्देशन मधेश प्रदेशमा अभियान सुरु भएर नागकिरका विचमा पुग्दे गुनासाहरु सुन्ने कामहरु जारी रहेको नेका मधेशप्रदेश प्रचार प्रसार विभागको प्रमुख गुप्ताले जानकारी दिए ।
यस्तै सो अभियान संचालनको लागि नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर कुमार यादब र मधेस प्रदेश उप सभापति तथा मधेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका विरेन्द्र प्रसाद सिंहलाई समेत खटाइएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेशमा रहेका ८ वटै जिल्लाका सभापतिहरूको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेर सबै वडामा अभियान संचालन गर्ने निर्णय भइसकेको गुप्ताले बताए ।






