चन्द्रपुर,१६ माघ
रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर एकेडेमीले मंगलबारदेखि खेल सप्ताह सुरु गरेको छ ।विद्यालयका संचालक समिति अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी रहनुभएको थियो । खेल सप्ताहको शुभकामना दिदै वाड अध्यक्ष केसीले मानिस स्वस्थ्य रहन खेल अतिआवश्यक भएको बताउनुभएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक सुशिल आचार्य, प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महत, विद्यार्थी नेता श्यामहरि चौलागाई , प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिना , रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । सो कार्यक्रमको संचालन भने संचालक शेखर पहाडीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संचालक राजेन्द्र तिवारीले राख्नुभएको हो । सहिद दिवसको अवसर पारेर चन्द्रपुर एकेडेमीले खेल सप्ताहको आयोजना गरेको जनाएको छ ।






