माधब नेपालले १५ बर्ष सम्म गुट मात्रै चलाए—एमाले महासचिब पोखरेल

0
203

रौतहट,१८ माघ
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधब नेपाल नेकपा एमाले पार्टीको प्रमुख हुदा गुट मात्रै चलाको आरोप लगाएका छन । करिब ३० बर्ष पछि रौतहट आएका महासचिब पोखरेलले १५ बर्ष सम्म त माधब नेपालले पार्टीका अन्य नेताहरुलाइ आउनै नदिएको समेत आरोप लगाएका छन ।
बिहीबार रौतहटको सदरमुकाम गौरमा आयोजित प्रतिनिधि परिषद भेलालाइ सम्बोधन गदै महासचिब पोखरेलले यस्तो बताएका हुन ।
महासचिव शंकर पोखरेलले पाटीमा रहँदा माधव कुमार नेपालले गुटगत राजनिति मात्रै गरेको बिकाश तर्फ कुनै चासो नदिएको कारण बिकाशमा मधेश पछि परेको बताएका छन ।
रौतहट जिल्ला नेपालको कव्जामा रहने गरेको उहाँले बताउनुभएको छ । एमालेमा रहँदा नेता नेपाल वाहेक गृह जिल्लामा कोहिलाई आउन नदिएको पोखरेलको आरोप छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत सामाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृह नगर समेत रहेको गौरमा महासचिव पोखरेलले १५ बर्ष पार्टी चलाउदा तहसनहस बनाएको बताए ।
पछिल्लो पटक प्रभु साहले एमालेलाइ धोका दिएको समेत महासचिब पोखरेलले बताए । प्रभु साहले मधेशका साथीहरुको टिकट ल्याएर अन्य पार्टी संग साँठगाँठ गरेर एमाले संग अन्तरघात गरेपनि नेकपा एमाले संघिय संसदमा मधेश प्रदशेमा ठुलो दल भएको बताए । एमाले आफनो स्थानमा त छदैछ साहको भोलीको अवस्था के होला ? कस्तो राजनीति गर्ला ? जनताहरु त्यता अन्तरघातीलाई चिनिसकेको अव उसको दिन गयो, फर्केर नआउने समेत महासचिव पोखरेलले स्पष्ट पारे ।
मधेशका नाममा राजनीति गर्नेहरु काम नगरी भाषणमा मात्रै सिमित रहेको गम्भीर आरोप लगाउदै मधेश र मधेशी जनताहरुको हक हितमा काम गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेका बताए ।
जसपा, लोसपा, जनमत पार्टीहरुले मधेश जनताहरुको मसिहा हौं भनेर दाबी गरे पनि उनीहरु मधेशी जनताको पक्षमा काम गर्न नसकेको प्रष्ट देखिएको उनले बताए ।
महासचिब पोखरेले भने ‘मधेशको वास्तबीक मसिहा त एमाले अध्यक्ष केपी ओली हुन’ ।
उनले थपे ‘ जसले मधेशमा हुलाकी सडक निमार्ण,सुनकोशी मरिन डइभर्सनलाई गति दियो, सुनकोशी कमला डाइभर्सन परियोजनाको अध्ययनलाई अगाडी बढायो उही मधेशको मसिहा हो ’
त्यती मात्रै नभई पूर्व पश्चिम राजमार्ग देखि सदरमुकाम सम्म चार लेनको सडकलाई विस्तार गर्ने योजना एमालेकै सरकारकोक पालामा भएको उनले बताए । अहिलेको सरकार बिकाश ठप्प पारेर बसेको महासचिब पोखरेलको आरोप छ ।
मधेशमा मधेशी दलकै नेतृत्वमा सरकार गठन भएपनि बेटी बचाउ बेटी पढाउ मा ठूलो भ्रष्टाचार गरेको प्रमाण छलंग हुँदा अब साच्चै मधेशको मसिहा कुन पार्टी हो प्रष्ट पारे । मधेशी जनताको नाममा अनुदानमा दिएको रकम विनियोजन गर्दा “सरकारमा बसरे झण्डा हल्लाउनेर र भ्रष्टाचार गर्नमा मात्रै सिमित रहेको उनको भनाइ थियो ।
मिसन ८४ को लागि तराई मधेशका जिल्लाका जनताहरुको भावनालाई संग्रह गर्दै चाँडै हुलाकी राजमार्ग भएर एमालेको अभियान संचालन हुनेछ जुन मधेशलाई आत्मसाथ गर्दै नेपालमा एमालमय हुने उनको दाबी छ ।
उक्त बैठकमा जिल्लामा रहेका केन्द्रिय सदस्यहरु,प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु,प्रथम प्रदेश अधिवेशन प्रतिनिधिहरु, नवौ र दशौ जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतिनिधिहरु एवम् पार्टीबाट निर्वाचित सवै जनप्रतिनिधिहरु ,नगर कमिटी पदाधिकारी तथा सदस्यहरु,जनबर्गिय संगठनका केन्द्रिय सदस्यहरु ,जिल्ला समिती पदाधिकारीहरु, र पार्टीका वडा कमिटी पदाधिकारीहरु सहभागिता रहेको थियो । नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिवेशन यहि माघ २५ र २६ गते गरुडामा हुँदै छ । सो अधिवेशनलाई सम्वोधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने तय भएको छ । जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट देखि समिति उपसमिति गठन गरेर तयारी तिव्र पारिएको रौतहट एमालेले जनाएको छ ।
जिल्ला संयोजक सच्चिदानन्द साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोलिट ब्यूरो सदस्य ज्वाला साह, केन्द्रीय सदस्य उद्धब प्रसाद रेग्मी,अजयकुमार गुप्ता,रेखा झा,एमाले प्रदेश अध्यक्ष रामचन्द्र मण्डल लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here