रोतहट,२७ माघ
नेकपा एमाले जिल्ला कार्य समिति रौतहटको भोली आइतबार निर्वाचन हुने भएको छ । १ सय १७ सदस्ष्ी जिल्ला कमिटिको लागी भोली बिहान ११ बजे देखि निर्वाचन हुने भएको हा । आज शनिबार सबै पदमा उमेदवारी परेको छ । निर्वाचन समितिले भोली बिहान ११ बजे देखि निर्वाचन गर्ने तालिका निकालिसकेको निर्वाचन समितिका संयोजक बिर बहादुर गोलेले जानकारी दिएका छन । नेकपा एमाले रौतहटको अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो। उपाध्यक्षमा,रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव,झरना आचार्य,मणिलाल सहनी,चन्दन कुमार कुशवाह,उपेन्द्र राय यादव,राम आसिस साह तेलीले उमेदवारी दर्ता गराएका छन । यसैगरी सचिव पदमा
बाबुराम दाहाल र शिवप्रसाद आचार्यले उमेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ । यस्ढ
उपसचिव(खुला)मा अशोक पहाडी,कमलेश कुमार मिश्र,शेख नसरुल्लाह,सकिल अन्सारी,रामबाबु चौधरी,फैजल अहमद र अवधेश कुमार यादवले दर्ता गराएका छन । यस्तै उपसचिव (महिला)मा पावन देबि
र मुना लामिछानेकाे उमेदवारी परेको छ । नेताहरुले अन्तिम सम्म सहमति गर्न प्रयास गर्दा गदै पनि सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रिया शुरु भएको हो । अझै पनि सहमतीको प्रयास रहेने नेताहरुले बताएका छन । सहमती हुन नसकेमा बिहान ११ बजे देखि मतदान शुरु हुने निर्वाचन तालिका छ ।






