मगर समाजका ८४ बर्ष माथिका जेष्ठ नागरिकलाइ सम्मान

0
654

रौतहट,२७ माघ । नेपाल मगर संघ रौतहटले एक कार्यक्रमका बिच ८४ बर्ष माथिका मगर समुदायका जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको हो । नेपाल मगर सघ रौतहटका जिल्ला अध्यक्ष शेरबहादुर मगरको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा वृद्धवृद्धाहरुलाई सम्मान गरिएको थियो । ति जेष्ठ नागरिकहरुलाय चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रवि राना मगरले सम्मान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मगरले जेष्ठ नागरिकलाइ सम्मान गर्न पाउदा हर्षित भएको बताए । जेष्ठ नागरिक जित बहादुर राना मगर,बर्ष बहादुृर पुलामी मगर,डम्बर बहादुर थापा मगर र शिव माया एस्मालीलाइ सम्मान गरिएको वाड अध्यक्ष राना मगरले जानकारी दिएका छन । कार्यक्रममा नेपाल मगरसघ मधेस प्रदेशका पदाधिकारी तथा रौतहट जिल्ला कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here