रौतहट,८ फागुन
नेकपा एमाले रौतहट जिल्ला कमिटिको नव निर्वाचित पदाधिकारी,सदस्यहरु,लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत माघ २९ गते सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित सम्पुर्ण जिल्ला कमिटिका पदाधिकारी,सदस्य ,लेखा समितिका पदाधिकारी र सदस्यहरुलाइ सोमबार गरुडा स्थीत तुलसीलाल अमात्य स्मृती भवनमा नव निर्वाचित कमिटिहरुलाइ सपथग्रहण गराइएको थियो ।जिल्ला अधिवेशनबाट रौतहट जिल्ला कमिटिको अध्यक्षमा सचितानन्द साह,उपाध्यक्ष रुपेश पटेल,सचिब बाबुराम दाहाल,उपसचिब अबधेश यादब,महिला उपसचिबमा मुना लामिछाने लगायत १ सय १७ जना निर्वाचित भएका छन । यसैगरी लेखा समितिको अध्यक्षमा ताराचन्द्र पटेल९पवन०,उपाध्यक्षमा रमेश तिमलसिना,सचिबमा रबि मिश्र लगायत ७ जना निर्वाचित भएका छन ।
पार्टी जिल्ला अध्यक्ष सचितानन्द साह र लेखा समितिका अध्यक्ष तारा चन्द्र पटेललाइ निर्वाचन समितिका संयोजक बिर बहादुर गोलेले सपथ ग्रहण गराएका थिए । त्यसैगरी जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुलाइ जिल्ला अध्यक्ष साह र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाइ लेखा समितिका अध्यक्ष पटेलले सपथग्रहण गराएका थिए ।
सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेश ईन्चाज योगेश भट्टराईले नव निर्वाचित कमिटिलाइ बधाइ दिदै सक्रिय भएर पार्टीमा काम गर्न आग्रह गरेका छन । रौतहटमा अब संगठनको काम तिब्र रुपमा गर्न र संगठित सदस्यहरु बढाउन र संगठनलाइ टोलटोलमा पुराउन सचिब उनले आग्रह गरे ।
संगठन बलियो हुने बितिकै अर्को निर्वाचनमा ४ वटै क्षेत्रमा नेकपा एमालेको जितलाइ कसैले पनि रोक्न नसक्ने उनको दाबी छ ।
कार्यक्रममा केन्द्रिय सदस्य उद्धब रेग्मी,अजय कुमार गुप्ता,रेखा झा, नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष चण्देश्वर मण्डाल,एमाले नेता अखिलेश चौधरी,गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवाल,मधेश प्रदेशका संसद केशब चौधरी,पार्टीका मधेश प्रदेश सदस्य अंशु सिंह लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
जिल्ला अधिवेशनबाट चन्द्रपुर नगरपालिकाले ११ जना सदस्य भएको छ भने माधब नारायण नगरपालिकाले ९ जना सदस्य,गरुडाले ८,राजदेबी नगरपालिकाले ७ ,गौर नगरपालिकाले ७ ,गुजराले६ जना सदस्य पाएका छन । यसैगरी राजपुर,बृन्दावन र गढीमाइमा ५÷५ जिल्ला कमिटि सदस्य भएका छन । यस्तै यमुनामाइ र दुर्गाभगबती गाउपालिकाबाट ३÷३ जना सदस्य रहेका छन भने इशनाथ,मौलापुर ,देवाही गुनाही र फतुवा बिजयपुर नगरपालिकाले पनि ३÷३ जना जिल्ला सदस्य पाएका छन । त्यस्तै बौधीमाइ नपामा २ जना,कटहरिया नपामा २ जना,परोहामा १ जना जिल्ला सदस्यमा निर्वाचित भएका छन । जिल्ला कमिटिका पदाधिकारी ५ जना,लेखा समितिमा अध्यक्ष तथा पदाधिकारी सहित ७ जना रहेका छन ।