पुर्वाधार बिकाश कार्यालयमा मनपरी भएको भन्दै युवा संघले बुझायो ज्ञापन पत्र

0
275

रौतहट- नेकपा एमालेको जन बर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल रौतहटले पुर्वाधार बिकाश कार्यालय रौतहट गौरले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ ।
युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको नेतृत्वमा गएको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाइ ज्ञापन पत्र बुझाएको थियो ।
पूर्वाधार बिकास कार्यालय गौर रौतहटबाट कार्यकर्तामुखी, एका–सगोलमा बसी तथा व्यक्ति विशेष उपभोक्ता समिति गठन गरि मनपरी माध्यमबाट निर्माण कार्य हुने गर्ने गरेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले आर्थिक बर्ष २०८०÷०८१ मा बिनियोजन गरेको बजेट अविलम्ब कार्यान्ययन गरि बजेट कार्यक्रम संचालन गर्न उल्लेख गरेको बजेट खुल्ला प्रतिस्पर्धाबाट पूर्वाधार बिकास कार्यालयबाट ५ दिन भित्र बोलपत्रको माध्यमबाट सुचना प्रकाशन गर्न लगाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारी रेग्मी मार्फत उनीहरुले अनुरोध गरेका छन ।
सडक डिभिजन चन्द्रनिगाहपुर र सहरी विकास कार्यालय बिरगंजबाट हुने बिकास निर्माण सम्बन्धि कार्यको खुल्ला प्रतिस्पर्धाबाट सुचना प्रकाशन गरि बोलपत्र माध्यमबाट गरेको जस्तै पुर्वाधार बिकाश कार्यालयले पनि गर्नुपर्ने युवा संघले माग गरेको छ ।
नेता कार्यकर्तामुखीबाट अलग भएर बिकास निर्माण कार्य संचालन गर्न पूर्वाधार विकास कार्यालय रौतहट असमर्थ रहेमा हामी बाध्यतावस कार्यालयमा तालाबन्दी गरि चरणबद्ध आन्दोलन गर्न बाध्य जारी ज्ञापन पत्रमा जनाइएको छ । तालाबन्दीबाट पर्ने असर र बाधा अबरोधको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालय र पूर्वाधार विकास कार्यालय रौतहट नै हुने राष्ट्रिय युवा संघका रौतहट अध्यक्ष मुन्ना यादबले बताए । युवा संघ रौतहटले उक्त माग मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अर्थ मन्त्रालय,भौतिक पूर्वाधार बिकास मन्त्रालय,पूर्वाधार विकास कार्यालय, गौर रौतहट रअख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँलाइ बोर्धाथ गरेको अध्यक्ष यादबले बताए । ज्ञापन पत्र बुझाउन युवा संघका केन्द्रिय सदस्य बजरंगी गुप्ता,प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरु पुगेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here