Thursday, April 25, 2024

आदीबासी जनजाती युवा महासंघ रौतहटको अध्यक्षमा गोले चयन

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – आदीबासी जनजाती युवा महासंघ रौतहटको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा भएको भेलाले युवा महासंघको रौतहट अध्यक्षमा सेराप सिंह गोलेलाइ चयन गरेको छ । समितिको उपाध्यक्षमा कबिता ठाडा मगर,सचिबमा लिला सिंजाली मगर,सहसचिब द्धयमा छबिलाल पहरी र अर्जुन चौधरी र कोषाध्यक्षमा मिथन चौधरी चयन भएको आदीबासी जनजाती महासंघ रौतहटका अध्यक्ष नरेन्द्र रानाले जानकारी दिएका छन । यसैगरी समितिको सदस्यहरुमा आशिष कुश्वार,सुमन राई,आशिष लामा र केशर बहादुर थापा रहेको जिल्ला रानाले जानकारी दिएका छन ।
आदीबासी जनजाती युवा महासंघका केन्द्रिय सचिब संजिब कुमार लामा मोक्तानको प्रमुख आतिथ्यतामा र आदीबासी जनजाती महासंघ रौतहटका अध्यक्ष नरेन्द्र रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आदीबासी जनजाती महासंघका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles