चन्द्रपुर – रौतहटको चन्द्रपुरमा रहेको मुनलाइट एकाडेमीले एक कार्यक्रमको आयोजना गरी आफना बिद्यार्थीका अभिभावकहरुलाइ सम्मान गरेको छ । शनिबार मुनलाइट एकेडेमले आफ्नो १८ औं एसइइ ब्याचमा सम्मिलित विद्यार्थीहरुको अभिभावकलाई सम्मान तथा विद्यार्थीहरुवीच शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि अभिभावक,विद्यार्थी र विद्यालय परिवारप्रति सामिप्यता बढाएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिका शिक्षा शाखाका प्रमुख दिपेन्द्र मण्डलले रौतहटको शैक्षिक क्षेत्रको एक नक्षेत्र मुनलाइट एकाडेमी रहेको बताउनुभयो । उहाले शिक्षा भनेको अध्ययनमात्र होइन, विद्यार्थीहरुको सर्वा·िण विकास भएकोले मुनलाइटले अंगालेको शिक्षाको परिष्कृत गतिविधिले परिणाम पनि अरु विद्यालयको भन्दा फरक रहने बताउनुभयो । शिक्षाको लागि आवश्यक हरेक अंगलाई चुस्त दुरुस्त राख्न सकेकै कारण मधेश प्रदेशमा मुनलाइटको नाम अगाडि रहेको बताउनुभयो । शिक्षा शाखा प्रमुख मण्डलले भर्खरै सम्पन्न एसइइ परिक्षामा चन्द्रपुर नगरपालिका क्षेत्र भित्र रहेका ६ वटा परीक्षा केन्द्र मध्ये जनजागृति माध्यमिक विद्यालय सिन्दुरेघारी परिक्षाकेन्द्र सवैभन्दा अनुशासित,मोबाइल प्रवेश निषेध रहेको पाइएको बताउनुहुदै विद्यार्थीहरुलाई हरेक किसिमको शिक्षा दिन सके परिणामको डर मान्नु पर्दैन भन्ने उदाहरण मुनलाइटको विगतको परिणामले प्रष्ट पारेको बताउनुभयो । कार्यक्रममा विद्यालयका संचालक तथा स्कुल कोर्डिनेटर हरि कोइरालाले मुनलाइट एकाडेमीको विगत र वर्तमान शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाले मुनलाइट एकाडेमीमै आफ्ना नानीबाबु किन पढाउने रु भन्ने बारेमा तथ्य सहित प्रष्ट पार्नुभयो । विद्यालयको नारा “आमाको काख पछि अर्को पाठशाला मुनलाइट” ले पनि विद्यालयले विद्यार्थीहरुको सुरक्षा, शैक्षिक अवस्था, मानसिक अवस्था, खेलकुद, अनुशासनलाई पहिलो प्राथमिकता राखेर काम गरेकै कारण आज देशको प्रतिष्ठित डाक्टर, इन्जिनियर, प्रोफेसर, बैकर्स हुन सफल रहेकै कारण अहिले यस क्षेत्रका अभिभावकहरुको रोजाइमा पर्न सफल रहेको बताउनुभयो । विगत ११ बर्षदेखि मुनलाइट एकाडेमीलें२ मा व्यवस्थापन संकायको अध्ययन शुरु गरेर जिल्लामै उत्कृष्ट नतिजा दिन सफल भएको बताउनुहुदै उहाले विद्यार्थीको लगन, शिक्षकको मेहनत र विद्यालयको असल व्यवस्थापनले नतिजा निकाल्न सजिलो भएको बताउनुभयो । विद्यालयले पछिल्लो समयमा होटल व्यवस्थापनको अध्यापन समेत शुरु गरेकोले अव कम लगानीमा गुणस्तरीय शिक्षाका लागि बाहिर धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । कार्यक्रममा विद्यालय संचालक समितिका सदस्य नवराज अधिकारी, विद्यालय निर्देशक विकिज घिमिरे, संचालक संगम घिमिरे, संचारकर्मी तथा अभिभावक रमेश तिमल्सिना, सुब्बा कार्की, अभिभावक, शिक्षक, शिक्षिका, एसइइ दिएका विद्यार्थीहरु, कक्षा ९ का विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य श्याम किशोर चौधरीले मुनलाइट एकाडेमीले गुणस्तरीय शिक्षाको लागि कुनै सम्झौता नगर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाकै कारण आज मुनलाइटप्रति अभिभावकले विश्वास बढेकै कारण मुनलाइटको थप हौसला बढेको बताउनुभयो । प्राचार्य श्याम किशोर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका एकेडेमिक डाइरेक्टर दिपक घिमिरेले संचालन गर्नुभएको थियो । केही बर्ष अघि मधेश प्रदेशमै उत्कृष्ठ घोषित सो बिद्यालयले बिभिन्न कार्यक्रमहरु गदै आइरहेको छ ।