एमाले चन्द्रपुर नगर कमिटिको अधिवेशन तयारी पुरा,नेताहरु दौडधुपमा

0
84

चन्द्रपुर,२९ चैत्र
नेकपा एमाले चन्द्रपुर नगर कमिटि रौतहटको तेश्रो अधिवेशनको तयारी पुरा भएको छ । भोली शुक्रबार चैत्र ३० गते हुने नगर अधिवेशनको तयारी पुरा भएको हो ।
पार्टी कार्यालय चन्द्रनिगाहपुर मै हुने नगर अधिवेशनको तयारीको लागी चन्द्रपुर नगर क्षेत्रको १० वटै वाडको प्रतिनिधि चयन भइसकेका छन । प्रतिनिधिहरुको परिचय पत्र बनाउने देखी लिएर मतदाता नामाबली समेत तयार भइसकेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका छन । प्रतिनिधि चयन,अतिथिहरुलाइ निमन्त्रण,कार्यक्रम स्थलको निमार्ण लगायतका कामहरु भइसकेको कार्यवाहक अध्यक्ष तिवारीले जानकारी दिए । प्रचार प्रसारको कामहरु पनि १० वटै वाडमा भइरहेको प्रचार बिभाग प्रमुख चिरिन्जीब गौतमले जानकारी दिएका छन । उक्त अधिवेशनमा २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन । यो अधिवेशन चुनाबी अधिवेशन समेत रहेको हुदा नेकपा एमाले चन्द्रपुरका नेताहरु आफना नेता तथा कार्यकर्ताहरुलाइ भेटघाटलाइ पनि तिब्रता दिएका छन । यसपटकको अधिवेशनमा नगर अध्यक्ष र सचिबमा धेरै जनाको उमेदवारी पर्न सक्ने आकलन गर्न सकिने एक कार्यकर्ताले जानकारी दिए । अध्यक्ष पदको लागी कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारी,हालका नगर उपसचिब राम बहादुर घलान,पुर्व जिल्ला कमिटि सदस्य प्रमोद चौधरीले अध्यक्ष पदको लागी आकंक्षा देखाएका छन । यदी सहमतीको बाटो आयो भने आकंक्षी भन्दा बाहिरबाट पनि अध्यक्ष हुने अबस्था रहेको एमालेका एक सक्रिय कार्यकर्ताले जानकारी दिएका छन । सचिब पदमा पनि आकंक्षी बढन थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here