टिभिएसको अपाचे आरटीआर १६० टुभी रिफ्रेसको नयाँ भर्सन चन्द्रनिगाहपुरमा सार्वजनिक

0
73

चन्द्रपुर – टिभिएसको नयाँ आरटीआर १६० टुभी रिफ्रेसमा मोटरसाइकल बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको चन्द्रनिगाहपुरमा रहेको गणपति अटो सोरुमबाट सो नया भर्सनको मोटरसाइकलको सार्वजनिक गरेको हो ।
नया भर्सन टिभिएस अपाचे आरटीआर १६० टूभीरिफ्रेसमा कम्पनीले विभिन्न फिचरहरु थपगरि नेपाली बजारमा ल्याएको जगदम्बा मोटर्स प्रालिका सेल्स एरिया म्यानेजर अमृत चौहानले जानकारी दिएका छन । । टिभिएस अपाचे आरटीआर १६० टूभीरिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको छ जस्ले सेग्मेंटकै उच्चतम १४.४ पीएस पावर र १३ एनएम टर्कजेनेरेट गर्ने र टिभिएस स्मार्ट कनेक्ट जसको सहायताले राईडरहरुले सजिलै कल तथा टेक्स्ट नोटिफीकेसन, क्र्यास अलर्ट जस्ता सुविधा भएको चौहानले जानकारी दिए ।
टिभिएस आपाचे आरटीआर १६० टूभीरिफ्रेसको बजारमूल्यमात्र रु. ३,०५,९०० रहेको गणपति अटो एण्ड सेन्टरका संचालक रामहरी पण्डितले जानकारी दिएका छन । अन्य मोटरसाइकलको तुलनामा यो नया भर्सनको मोटरसाइकलको आर्कषक तथा सुबिधा सम्पन्न रहेको संचालक पण्डितले बताए ।
जगदम्बा मोटर्स प्रा.लि.नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्रआधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमाआफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको सेल्स म्यानेजर चौहानको भनाइ छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापितहुनपुगेको उनको भनाइ छ । टिभिएसले नेपाली बजारमाटिभिएसरोनिन, रेडर, अपाचे, एन्टर्क, आईक्युब, जस्ता उत्कृष्ट बाईक तथा स्कुटरहरु उपलब्द गराउदै आएको छ ।
चन्द्रनिगाहपुरमा रहेको गणपति अटो एण्ड सेन्टरको आयोजनामा भएको उक्त कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रमेश तिमलसिना,प्रेस सेन्टर नेपालका रौतहट अध्यक्ष सुब्बा कार्की लगायत अटो सम्बन्धी सरोकार राख्ने ब्यक्ती लगायतको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here