Wednesday, May 29, 2024

मधेश प्रदेशको उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रीमा भट्टराई नियुक्त,आजै पदभार ग्रहण

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहट जिल्ला, क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर) मधेश प्रदेशको उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त भएका छन । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादबले प्रदेश सभा सदस्य भट्टराईलाइ बिहिबार मधेश प्रदेशको उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त गरेका हुन । मन्त्री भट्टराईले बिहिबार नै पदभार ग्रहण गरेका छन । रौतहट क्षेत्र नं. ४ क बाट नेकपा माओबादीबाट चुनाब जितेका भट्टराई मधेश प्रदेश संसदीय दलका उप नेता पनि हुन । मन्त्री भट्टराई पार्टीमा जनयुद्धको समयदेखि निरन्तर सक्रिय रुपमा लागि परेका नेता हुन । उनी संगै माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साह विना विभागीय मन्त्री नियुक्त भएका छन ।
पदभार ग्रहण गदै भट्टराईले मधेश प्रदेशको उद्योग,बाणिज्य तथा पर्यटनको विकासका लागि आफुले समय सापेक्ष परिवर्तन गरि काम गर्ने बताए । उनले अव मधेश प्रदेशको उद्योग,पर्यटनका लागि सरकारले नया योजनाका साथमा अगाडि बढ्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles