रियालिटी शो ‘द पोएट आइडलको टपटेनमा पुगेकी चन्द्रपुरकी गौतमले मागिन भोट

0
97

चन्द्रपुर – रौतहट चन्द्रपुर नगरपालिका वाड नं. ५ की मुक्ता गौतम हिमालय टेलिभिजन एचडी मा प्रशारण भैरहेको द पोएट आइडियल सिजन २ को उत्कृष्ट १० मा पर्न सफल भएकी छिन ।
लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ को वाइल्ड कार्ड श्रृंखलाको मञ्चमा नै गायक प्रमोद खरेलले उहाँको शब्द लाई कम्पोज गरी सुन्दर संगीत रचना गरिदिएका थिए । गायक खरेलले गौतमलाई भविष्यमा सहकार्य गर्नसकिने भनेर हौसला पनि दिए । अब गौतमलाइ टप ‘८’मा पुग्नका लागि भोटको जरुरी छ ।रौतहटको माटोले जन्माएको प्रतिभालाई फुलाउन हाम्रो माया, साथ, सहयोग र प्रोत्साहन जरुरी छ । प्रतियोगी गौतमले टप ८ मा पुग्नको लागी आम नागरिक संग भोट मागेकि छिन । एकपटक भोट गरेर आफनो प्रतिभा आम नेपाली बिच ल्याउनको लागी उनले सहयोग गरिदिन आग्रह गरेकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here