जुडिबेलामा बाघको आक्रमणबाट वन हेरालु घाइते

0
98

चन्द्रपुर,१० बैशाख
रौतहटमा सोमबार दिउसो बाघको आक्रमणबाट बन हेरालु घाइते भएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ स्थीत मलेनियामाइ सामुदायिक वन उपभोक्ता समुहका वन हेरालु गंगा कुमर बाघको आक्रमणबाट घाइते भएका हुन । सामुदायिक वन क्षेत्रको अबस्था बुझन गएका कुमरलाइ जंगलमै बाघले आक्रमण गरेको थियो । कुमरको थप उपचारको लागी बिरगंज स्थीत नारायणी उपक्षेत्रिय अस्पतालमा पठाइएको चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध)ले जानकारी दिएका छन । वाड अध्यक्ष थिङले समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कुमरको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here