श्लेकमान्तक वनमा बृक्षारोपण गदै गृह सचिब अर्यालले भने ‘सत्कर्ममा बृक्षरोपण गरौ’

0
68

काठमाण्डौँ,१० बैशाख
रौतहटबाट सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान अन्तर्गत आज (सोमबार) बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।दैशकै पहिलो धार्मिक तथा पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेसमानतक बनमा नेपाल सरकारका गृहसचिव एकनारायण आर्यालको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त अभियानको कार्यक्रममा बोल्दै नेपाल सरकारका गृहसचिव आर्यालले नेपालको नयाँ र पहिलो यो अभियानमा समेल हुने अवसर पाएको प्रति खुसी ब्यक्त गर्दै भने– “हामी सबै सकारात्मक सोचका साथ यो कार्यक्रममा उपस्थित भएका छौँ । पछिल्लो समयमा समाजमा फैलिएको बिकृती बिसंगतीलाई अन्त्य गर्ने उदेश्यदले समाजमा आफ्नो संस्कारलाई ब्यहारमा लागु गर्न समाजमा सकारात्मक सन्देश पनि दिईरहेका छौँ । समाजमा रहेका बिभिन्न बर्ग तथा समुदायका ब्यक्तिहरुलाई समाजका अगुवाहरुले जनचेतना फैलाउन आवश्यक छ । प्रत्तेक नेपालीहरुले आ–आफ्नो जन्मदिनमा एक–एक बिरुवा रोपण गर्ने खालको सन्देश समाजमा फैलाउनु थियो त्यो आज भएको छ ” । आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक चौलागाई प्रति आभार प्रकट गर्दे यो अभियानलाई देशका ७७ ओटै जिल्ला र ७ सय ५३ ओटै स्थानिय तहसम्म पुर्याउन आवश्यक रहेको पनि उनले बताए ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालद्धारा आयोजित रौतहटबाट सुरु भएको “जन्मदिनलाई सत्कर्मसंग जोडौँ” अभियान अन्तर्गत सहभागगी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर रुद्राक्ष, पिपल, चंन्दन लगायतका बिरुवाको रोपण गरिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोबिन्दप्रसाद चौलागाईले बताए । उनले यो अभियानलाई बिश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी कलाकार, पत्रकार तथा समाजका अगुवा सबैजनाले आ–आफ्नो क्षेत्रबाट अगाडी बढाउन लागि पर्न उनले आग्रह गरे ।
अध्यक्ष चौलागाईले जन्मदिनलाई सत्कर्मसँग जोडेर परिबेश अनुसार फरक–फरक कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडी बढाउने बताउदै उनले भने– “यो नेपालकै नौलो अभियान हो । यो अभियान एउटा बृक्षारोपणसंग मात्र सम्बन्धित नभएर हरेक क्षेत्रहरुसंग सम्बन्धित रहेको छ । खासगरी बेसाहराको साहार बन्ने हिसाबले हामी यो अभियान अन्तर्गत अगाडी बढिरहेका छौँ । आम नेपाली नागरीकको सहयोगी भावनालाई उजार गर्नका निम्ती हामीले यो अभियानको आयोजना गरेका छौँ । हामीले आफ्नो संस्कार र सभ्यताको परिचय दिन आफैबाट सुरुवात गर्नुपर्ने हो । कुनैपनि ब्यक्तिले कुनै ब्यक्तिको कामको आलोचना नगरी नतिजा दिने गरी काम गर्न आग्रह गरे । नेपालको नौलो तथा पहिलो यो अभियानमा कुनै ब्यक्ति तथा संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग नमागेको र नलिएको पनि उनले बताए । यो अभियान काठमाण्डौँमा मात्र नभई देशभर नै फैलाउनमा सरोकारवाला सबैले लागिपर्नुपर्ने आवश्यक रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । अबको नेपाली समाजलाई सभ्यता अनुसार अगाडी बढाउन सत्कर्म आवश्यक रहेको उनको भनाई छ ।
जन्मदिनलाई सत्कर्मसंग जोडेर बिदेशी नागरीकले पनि यहाँकोे सिको गर्न सक्ने खालको सकारात्मक नतिजा दिन हरेक ब्यक्तिले आ–आफ्नो तर्फबाट यो अभियानसंग जोडिएर लागिपर्न पनि आयोजक संस्थाका अध्यक्ष तथा संयोजक चौलागाईले अनुरोध गरे । सो अभियानमा उपस्थित भएर बिरुवा रोपण गर्न पाउँदा आफुलाई खुसी लागेको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अब यो अभियानलाई देशब्यापी हुँदै बिश्वब्यापी रुपमा अगाडी बढाउनुपर्नेमा जोडदिए ।
कार्यक्रममा सहभागी भएर आफुले यो अभियानसंग जोडिएर आफ्नो तर्फबाट बिरुवा रोपण गर्न पाउदा ज्यादै हर्षित भएको बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. ओम मुर्तिले बताए । “हरियो बन नेपालको धन” भन्ने नारालाई सबैले ब्यहारमा उतार्न पनि उनले जोडदिए । अर्थमन्त्रालयकी सहसचिव सेवाभावकी धनी पार्वर्ती शर्मा काफ्लेले यो अभियानले समाजमा सहयोगी भावना उत्पन्न गराउने र राष्टलाई समृद्ध बनाउन मद्दत हुने बताईन् । मन्त्रालयका सचिव कृष्णहरी पुस्करको समेत एक्यवद्दता सहितको शुभकामना रहेको सहसचिव काफ्लेले कार्यक्रमा जानकारी गराईन् । यो अभियानमा अर्थ मन्त्रालयबाट हुन सक्ने भरपुर सहयोग रहने बताईन् ।

यस्तै, कार्यक्रममा कलाकारहरुको तर्फबाट बोल्दै चर्चित अभिनेत्री, निर्देशक तथा निर्माता दीपाश्री निरौलाले यो अभियान समाज तथा राष्ट्र हुँदै बिश्वकै लागि एकदमै सकारात्मक भएको बताईन् । कलाकारहरुको तर्फबाट हुनसक्ने गर्न सकिने पहल तथा सहयोग आफुहरुले गर्ने जानकारी गराउदै उनले भनिन्– “वर्तमान समाजमा भईरहेका नकारात्मक क्रियाकलापहरुलाई हटाउदै सभ्य समाज निर्माण गर्न जन्मदिनको अवसरमा सत्कर्मको थालनी गर्न आवश्यक छ । यो अभियान निकै स्वागत योग्य छ” ।
कार्यक्रममा अभिनेत्री तथा निर्माता केकी अधिकारी, अभिनेत्री रजनी केसी, अभिनेत्री तथा मोडल मालिका महत, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, फिल्म निर्देशक तथा चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल, हालका चर्तित गायक युवराज चौलागाई, काठमाण्डौँका प्रमुख जिल्ला बन अधिकृत पुस्पराज बतौला, बरिष्ठ पत्रकार जीबराम भण्डारी, बरिष्ठ अधिबक्ताहरु स्वागत नेपाल, उद्धव चौलागाई, गोपाल श्रेष्ठ, बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठ, समाजसेबी पवन अग्रवाल, समाचारपत्र दैनिकका प्रधान सम्पादक सागर पण्डित, प्रशासन डटकमका प्रधान सम्पादक एसआर उपाध्यय, चलचित्र पत्रकार,निर्देशक तथा निर्माता लक्ष्मण सुवेदी लगायत बिभिन्न संस्थाका कर्मचारी तथा प्रमुख एवम् प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
यस अघि सोही अभियान अन्तर्गत काठमाण्डौँको तिनकुने र ललितपुरको लाकुरी भन्ज्याङमा पनि जन्मदिनमा यो अभियानले बृक्षारोपण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here