शिक्षा क्षेत्र ब्यबस्थीत गर्नु नै अहिलेको मुख्य आवश्यकता— नगर प्रमुख काफ्ले

0
70

चन्द्रपुर,२६ बैशाख
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले शिक्षा क्षेत्रलाइ ब्यबस्थीत गदै लानुपर्नें आजको आवश्यकता रहेको बताउनुभएको छ । बुधबार चन्द्रपुर नगरपालिका वाड नं. २ स्थीत महेन्द्र माबि रैयाटोलको २ तल्ले ४ कोठे भवनको उदघाटन गदै नगर प्रमुख काफ्लेले यस्तो बताउनु भएको हो ।
चन्द्रपुर नगरपालिकाका सामुदायिक बिद्यालयमा पुर्वाधारको बिकाशका काम भइरहेको बताउदै नगर प्रमुख काफ्लेले गुणस्तरीय शिक्षाको बिकाशको लागी पनि तह तप्काबाट काम भइरहेको जानकारी दिनुभएको छ ।
बिगतका बर्षहरुको तुलनामा चन्द्रपुर नगर क्षेत्रका सामुदायिक बिद्यालयमा भवन निमार्ण,शौचालय निमार्ण,पुस्ताकालय संचालन,बिज्ञान समाग्रीको ब्यबस्था लगायतका कामहरु तिब्र रुपमा भइरहेको उहाले जानकारी दिनुभयो । शिक्षा क्षेत्रको बिकाश भएमा मात्र समग्र समाजको बिकाश हुने हुदा आफुले पनि त्यस तर्फ ध्यान केन्द्रित बनाएर हिडेको नगर प्रमुख काफ्लेले बताउनु भयो । गुणस्तर शिक्षणको लागी चन्द्रपुर नगर क्षेत्रको शिक्षा क्षेत्रको बिकाशको लागी अझै १३ वटा बिद्यालयमा ४ कोठे भवन निमार्णको लागी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत प्रस्ताब गरेको समेत नगर प्रमुख काफ्लेले बताउनु भयो । आफुले खासगरी पिछडिएका क्षेत्रका सामुदायिक बिद्यालयहरुको बिकाशको लागी योजना बनाइरहेको समेत उहाले बताउनुभएको छ ।
यसैगरी सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध),चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डल,माबि जुडिबेला ब्यबस्थापन समितिका अध्यक्ष गणेश पाण्डे,शिक्षाप्रेमी टिका बहादुर आचार्यले समग्र चन्द्रपुरमा शिक्षा क्षेत्रको अबस्था र समस्या बारे बोल्नु भएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुमार कुश्वारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोही बिद्यालयका प्रधानाध्यापक कमला थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । सो बिद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिकाको सहयोग र श्रमदान गरेर ५२ लाख २ हजार ९ सय ९ रुपैयाको लागतमा निमार्ण कार्य सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here