चन्द्रपुर- रौतहटको चन्द्रनिगाहपुरमा रहेको ग्लोबल आईएमई बैंक चन्द्रपुर शाखाले एक विद्यालयलाई पंखा र पिन्टर सहयोग गरेको छ। सो शाखाले चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको हातेमालो आधारभूत विद्यालयलाई १० थान पंखा र १ थान फोटोकपी मेसिन सहितको प्रिन्टर सहयोग गरेको विद्यालयमा प्रधानाध्यापक वशिष्ठ सापकोटाले जानकारी दिनुभयो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग गरेको शाखा प्रबन्धक विरोध न्यौपानेले बताउनुभयो। सो शाखाले अन्य धेरै सामाजिक कार्यहरूमा पनि आफ्नो उत्तरदायित्व निर्वाह गरिरहेको स्मरण गर्दै उहाँले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत आचार्यले समाजका सबै सरोकारवालाहरुको हातेमालो गरे सामुदायिक विद्यालयहरुमा पनि भौतिक र शैक्षिक रुपमा अब्बल बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
चन्द्रपुर ६ का वडा सदस्य सन्नी राउतले आफ्नो वडाको शैक्षिक विकासमा आफुहरु योजनावद्ध ढंगले प्रतिवद्ध भएर लागेको भन्नुहुँदै यसमा निजी क्षेत्रहरुले पनि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा समाजसेवी श्यामहरी चौलागाईले चन्द्रपुर नगरपालिकालाई शैक्षिक हव बनाउनको लागि विद्यालयलाई भौतिक रुपमा पनि समक्ष बनाउनु पर्नेमा जोड दिनुहुँदै यसका लागि तीनै तहका सरकार र नीजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स चन्द्रपुर शाखा प्रबन्धक सुशील अधिकारी , विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानियको उपस्थिति रहेको थियो।