रौतहट,२० जेठ
रौतहटको गढीमाइ नगरपालिकाका एक वाडाअध्यक्षको शनिबार राती निधिन भएको छ । रौतहटको गढमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामाज्ञा राय यादबको शनिबार राति निधन भएको हो ।
मलद्धारमा क्यानसरको रोगबाट विरामी रहेका यादवको वीरगंजस्थित तराई अस्पतालमा उपचारको क्रममा निधन भएको गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम यादबले जानकारी दिएका छन । शनिबार राती एक्कासी दुखाइ शुरु भएपछि वाड अध्यक्ष यादबको प्रेसर बढेको र उपचारको लागी बिरगंज लगिएको नगर प्रमुख यादबले जानकारी दिए । वाड अध्यक्ष यादब २०७९ मा भएको निर्वाचनमा गढीमाइ नगरपालिकाको वाड नं. ८ मा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।